११ भदौ २०८३, बिहिबार | August 27, 2026

पाल्पामा एक दर्जन बढि नया पर्यटकिय क्षेत्र विकास हुदै, सुकेताल विकासमा स्थानियको चासो जरुरी



बुटवल । पाल्पा जिल्लालाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने लक्ष्यसहित एक दर्जन बढी पर्यटकिय क्षेत्रहरु पहिचान भएका छन ।

पाल्पाको पर्यटकिय तिनाउ गाउपालिका वडा नं २ स्थित पर्यटकियस्थल सुकेतालमा गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सरकार पुर्वाधार विकास गरे पर्यटक भित्राएर आर्थिक समृद्धि हुने बताए ।

मिडियामार्फत ओझेलमा परेका क्षेत्रहरुको प्रचारप्रसार गरि स्थानियको आयआर्जनमा टेवा पुर्याउने लक्ष्यका साथ नेपाल पर्यटन पत्रकार महासंघ, लुम्बिनी प्रदेशले पाल्पा दोभानस्थित सुकेतालमा सोमबार स्थानिय सरकार र सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम बोल्ने बक्ताहरुले जिल्लामा एक दर्जन बढि पर्यटकिय क्षेत्रहरु पहिचान गरि विकास अघि बढाईएको बताए ।

कार्यक्रममा बोल्दै तिनाउ गाउपालिकाका प्रवक्ता राजेश श्रेष्ठले पाल्पा जिल्लामा नया नया पर्यटकिय क्षेत्रहरु विकास भएको बताए । भ्युपोईन्ट मानिने जन्तिलुम मनाङकोटसहित सत्यवती, लगाड, पाताल लगायत पर्यटकिय क्षेत्रहरु पाल्पामा पहिचानसंगै पुर्वाधार विकास भैरहेको उनले बताए । यसैगरि भकारलुङमा बाटो खन्ने, पाटन जाने गरि विकासको योजना गरिएको उनले बताए । हरेक वर्ष महोत्सवका लागि स्थानिय सरकार तथा खानी लगानीकर्ताहरुबाट बजेट छुट्टाएको उनले दाबी गरे ।

नेपाल होटल ब्यवसायी महासंघका सल्लाहकार माधव नेपालले सुकेतालको विकास र प्रवद्घर्नका लागि धेरै कार्यक्रमहरु गरिएपनि त्यसवापतको प्रतिफल नआएको दुखेसो गरे । यो क्षेत्रमा धेरै पटक मेलामहोत्सव चलाएर पर्यटक भित्राउने काम गरिएको उनले बताए । स्थानिय बासिन्दालाई नसमेटेसम्म विकास नहुने उनले सुझाव दिए ।

पर्यटन क्षेत्रमा गरिएको लगानी वापतको प्रतिफल आउन समय लाग्ने भन्दै पर्यटन क्षेत्रमा लागेकाहरुमा धैर्यता हुनुपर्ने बताए । सुकेतालको मुहार बचाउने र थप पुर्वाधार बनाएर प्याकेजको कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए ।

रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष रामप्रसाद गौतमले पर्यटन र होटल ब्यवसायि बिच नङमासुको सम्बन्ध रहेको बताए। कुनै पनि क्षेत्रको महत्वबारे प्रचारप्रसारमा मिडियाको अहम भुमिका रहने बताए ।

लुम्बिनी प्रदेशमा पर्यटकिय क्षेत्रको विकास र प्रवद्घर्न गर्ने लक्ष्यसहित विविध कार्यक्रमहरु अभियान थालेको महासंघका अध्यक्ष भुवन कार्कीले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य विक्रम खड्का, महासंघका महासचिव कपिल ज्ञवाली, महासंघका सचिव यमकला भुषालले चुनढुगाको राम्रो आयश्रोत मानिएको भएपनि यो क्षेत्रको चुरे दोहनलाई ध्यान दिनुपर्छ । यो क्षेत्रमा पुर्वाधार विकास हुनु पक्कै पनि उत्कृष्ट काम भएका भन्दै थप विकासमा लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ९ : १३ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि