३ पुस २०८२, बिहिबार | December 19, 2025

दलीय सहमतिको पर्खाइमा अध्यादेश



काठमाडौं । जनीतिक दलहरूबीच सदन सञ्चालनका विषयमा समझदारी बन्न नसक्दा अधिवेशनको पहिलो बैठकमै पेस हुनुपर्ने सातवटा अध्यादेश रोकिएका छन् ।

विवादास्पद मानिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस भइसके पनि अन्य अध्यादेश दलीय विवादको चपेटामा परेका हुन् । एसिड आक्रमणमा हुने सजाय बढाउने, तेजाबलगायतका घातक रासायनिक पदार्थ खरिदमा नियमन गर्ने अध्यादेशहरू जनदबाबपछि ल्याइएका थिए । दलीय विवाद हुँदा ती अध्यादेश अधिवेशन प्रारम्भ भएको एक सातापछि पनि पेस हुन सकेको छैन ।

सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठकले पनि मङ्गलबारको बैठकमा अध्यादेश पेस गर्नेबारे कुनै ठोस सहमति जुटाउन सकेन । प्रतिनिधि सभा नियमावली निलम्बन गरेर ती अध्यादेश पेस हुनुपर्ने अवस्थामा छन् । मङ्गलबार पनि अध्यादेश पेस हुने नहुने अनिश्चित छ । अध्यादेश पेसबारे पनि दलहरूबीच एकअर्कामा आरोप प्रत्यारोप छ ।

मङ्गलबारको बैठकमा अध्यादेश पेस नहुने नेपाल कम्युनिस्ट पार्टी (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले भने , “कार्यव्यवस्था सदनलाई कसरी चलाउने भन्ने विषयमा केन्द्रित भयो । भोलिको बैठकमा अध्यादेश अगाडि बढ्नेछैन । साथै दलीय आधारमा शीर्ष नेताहरूको सम्बोधन पनि मङ्गलबारपछिको अर्को बैठकमा मात्र हुनेछ ।” प्रतिपक्षी दल जनता समाजवादी पार्टीका सांसद उमाशङ्कर अरगरियाले आवश्यक समन्वय गरेर अध्यादेश अगाडि बढाउन सभामुखलाई राय दिएको जानकारी दिए ।

बैठकपछि अरगरियाले भने , “पहिलो दिन नै अध्यादेश पेस हुनुपथ्र्यो । विवादले हुन सकेन । अब नियम निलम्बनको विकल्प छैन । विवादित अध्यादेश पेस भइसकेको छ । बाँकी अध्यादेशलाई विरोध गर्नुपर्ने अवस्था पनि छैन तर पेस हुन सकेका छैनन् । हामीले सभामुखलाई आवश्यक समन्वय गरेर अगाडि बढाउन सुझाव दिएका छौँ ।”

दलीय विवाद हुँदा सातवटा अध्यादेश पेस हुन सकेका छैनन् । प्रतिनिधि सभा नियमावलीको नियम ९३ अनुसार अधिवेशनको पहिलो बैठकमा पेस गर्नुपर्ने व्यवस्था छ । पहिलो बैठकमा पेस नभएपछि नियम निलम्बन गरेर मङ्गलबारको बैठकमा पेस गर्ने तयारी गरिए पनि समझदारी बनेको छैन । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ७ : ०८ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको