१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पार्टीमा भाँडभैलो गर्नेलाई ठेगान लगाउने ओलीको चेतावनी, माधव पक्षको भेलामा सहभागी नहुन निर्देशन



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा भाँडभैलो गर्न खोज्नेहरुलाई ठेगान लगाइने चेतावनी दिएका छन् ।

बालुवाटारमा आयोजित चियापान कार्यक्रममा उपस्थित आफु निकट नेताहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी विरोधी गतिविधिमा लाग्नेहरुलाई विधान बमोजिम कारवाही गर्ने चेतावनी दिएका हुन् ।

माधव नेपाल पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलातर्फ संकेत गर्दै ओलीले पार्टीविरोधी गतिविधि गर्नेहरुलाई संविधान,कानून र पार्टीको विधान बमोजिम कारबाही गर्ने चेतावनी दिए ।

उनले एमालेमा अब जंगली राज स्वीकार नहुने भन्दै केन्द्रीय सदस्य तथा सांसदहरूलाई माधव नेपाल पक्षको भेलामा सहभागी नहुन निर्देशन दिए । उनल े भने ‘भोलिको राष्ट्रिय भेला गर्नुहुन्छ कि गर्नु हुन्न ? कति तमासा गर्नुहुन्छ त्यता नजर राखिनेछ । अनुशासनहीन भएमा देशको कानून, संविधान, पार्टीको विधान, संसदको नियमावली, राजनीतिक दल सम्बन्धी ऐन अनुसार कारवाही गरिनेछ । भोलिको गुटगत भेलामा सरिक नहुन, नजान र सहभागी नबन्न म सबै नेता कार्यकर्तालाई सचेत गराउँछु ।’

उनले एउटै पार्टीमा बसेर अराजकता, उच्छृंखलता, विधि–विधान र एकताविरोधी कामलाई छुट नहुने स्पष्ट पारे । ओलीले भने, ‘पार्टीलाई पार्टीको रुपमा बचाउनुपर्छ । भाडँभैलो मच्चाउने काम गर्नुहुँदैन । विचारमा केन्द्रित भएर काम गर्नुपर्छ ।’

ओलीले चियापान कार्यक्रममा माधव पक्षले बहिस्कार गरेकोप्रति ब्यङ्ग गर्दै कसले बोलाएको चियापानमा जानुहुन्छ भनेर प्रश्न गरे ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १ : ५८ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान