१६ असार २०८३, मंगलबार | July 1, 2026

पार्टीमा भाँडभैलो गर्नेलाई ठेगान लगाउने ओलीको चेतावनी, माधव पक्षको भेलामा सहभागी नहुन निर्देशन



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा भाँडभैलो गर्न खोज्नेहरुलाई ठेगान लगाइने चेतावनी दिएका छन् ।

बालुवाटारमा आयोजित चियापान कार्यक्रममा उपस्थित आफु निकट नेताहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी विरोधी गतिविधिमा लाग्नेहरुलाई विधान बमोजिम कारवाही गर्ने चेतावनी दिएका हुन् ।

माधव नेपाल पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलातर्फ संकेत गर्दै ओलीले पार्टीविरोधी गतिविधि गर्नेहरुलाई संविधान,कानून र पार्टीको विधान बमोजिम कारबाही गर्ने चेतावनी दिए ।

उनले एमालेमा अब जंगली राज स्वीकार नहुने भन्दै केन्द्रीय सदस्य तथा सांसदहरूलाई माधव नेपाल पक्षको भेलामा सहभागी नहुन निर्देशन दिए । उनल े भने ‘भोलिको राष्ट्रिय भेला गर्नुहुन्छ कि गर्नु हुन्न ? कति तमासा गर्नुहुन्छ त्यता नजर राखिनेछ । अनुशासनहीन भएमा देशको कानून, संविधान, पार्टीको विधान, संसदको नियमावली, राजनीतिक दल सम्बन्धी ऐन अनुसार कारवाही गरिनेछ । भोलिको गुटगत भेलामा सरिक नहुन, नजान र सहभागी नबन्न म सबै नेता कार्यकर्तालाई सचेत गराउँछु ।’

उनले एउटै पार्टीमा बसेर अराजकता, उच्छृंखलता, विधि–विधान र एकताविरोधी कामलाई छुट नहुने स्पष्ट पारे । ओलीले भने, ‘पार्टीलाई पार्टीको रुपमा बचाउनुपर्छ । भाडँभैलो मच्चाउने काम गर्नुहुँदैन । विचारमा केन्द्रित भएर काम गर्नुपर्छ ।’

ओलीले चियापान कार्यक्रममा माधव पक्षले बहिस्कार गरेकोप्रति ब्यङ्ग गर्दै कसले बोलाएको चियापानमा जानुहुन्छ भनेर प्रश्न गरे ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १ : ५८ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी