६ पुस २०८२, आइतबार | December 21, 2025

सकियो सर्वदलीय बैठक, तीन पूर्वप्रधानमन्त्री अनुपस्थित



काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले बोलाएको सर्वदलीय बैठकमा बंगलादेशमा हुने भ्रमणको बिषयमा मात्रै छलफल भएको छ ।

बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने, ‘बंगलादेशको भ्रमण रहेछ । त्यही बिषयमा छलफल गर्नका साथै चियापानका लागि बोलाउनुभएको रहेछ ।’

उनले बैठकमा समसामयिक बिषयमा कुराकानीसमेत भएको बताए । बैठकमा माओवादी केन्द्रका अध्यक्ष, कांग्रेस नेता विमलेन्द्र निधि र जनमोर्चा अध्यक्ष केसीलगायतका नेताहरुले आआफ्नो धारणा राखेका थिए ।

उनका बैठकमा माओवादी अध्यक्ष प्रचण्डले समसामयिक बिषयमा छलफल गरेर अगाडि बढ्नुपर्ने बताए । यस्तै, जनमोर्चा अध्यक्ष केसीले राष्ट्रपति र प्रधानमन्त्रीको कारणले अहिलेको समस्या आएको बताए ।

‘तपाईं जिम्मेवार ठाउँमा बसेको मान्छेले विचार गर्नुपर्थ्यो । तपाईंहरुको कारणले यो अवस्था आयोु उनले भने, ‘जनताले ५ बर्षमा लागि पठाएपछि हामीले जनमतको कदर गर्नुपर्छ ।’

‘अहिले चुनाव र ताजा जनादेशमा जाने बेला छैन । त्यसैको कारणले अहिले गणतन्त्रमा कालो बादल मडारिरहेको छ’ उनले भने ।

राष्ट्रपति भण्डारीले यही चैत ९ र १० गते छिमेकी मित्रराष्ट्र बंगलादेशको राजकीय भ्रमण गर्ने कार्यक्रम तय भएको छ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा भण्डारीको दुई दिवसीय भ्रमण तय भएको हो ।

तीन पूर्वप्रधानमन्त्री अनुपस्थित
बैठकमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल भने गएनन् । त्यस्तै पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई पनि बैठकमा अनुपस्थित भए ।

बैठकमा राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेमकिपातर्फबाट सांसद प्रेम सुवाल सहभागी थिए । राष्ट्रपति भण्डारीले समयसामयिक विषयमा छलफलका लागि सर्वदलीय बैठक आव्हान गरेकी थिइन् ।

 

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ६ : २९ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र