४ पुस २०८२, शुक्रबार | December 20, 2025

कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै



काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । नर्भिक अस्पतालमा उपचाररत जोशीको अवस्था गम्भीर रहको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

केही मिडियामा जोशीको निधन भनेर आएका खबरहरु झुटो भएको र उनको अहिले उपचार भइरहेको जोशीको उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताए । झाले भने, उहाँलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ, बाहिर जेजति हल्ला आएका छन्, त्यसको सत्यता छैन ।

अस्पतालका अनुसार जोशीको ब्रेनमा समस्या देखिएको छ । प्रेसर लो छ भने फोक्सो र मुटुको चाल अहिलेसम्म स्थिर रहेको छ । जोशीको उपचार भइरहेकाले अपुष्ट हल्लाको पछि नलाग्न अस्पतालले आग्रह गरेको छ ।

नेपाली कांग्रेसकी नेतृ एवं पूर्व उपसभापति प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहले पनि जोशीको निधन नभएको जानकारी दिएकी छन् । सामाजिक सञ्जालमार्फत उनले जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ८ : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको