५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

नेपाल पक्षको भेला विरुद्ध ओली पक्षको पहिलो निशाना कर्णाली प्रदेश सरकार, सरकारलाई दिएको समर्थन फिर्ता



सुर्खेत । नेकपा एमालेको नेपाल पक्षीय कार्यकर्ता भेलामा सहभागी हुने नेता कार्यकर्तालाई कारवाही गर्ने ओली पक्षको चेतावनीको पहिलो संस्करण कर्णाली प्रदेशबाट सुरु भएको छ । कर्णाली प्रदेश संसदीयदलको ओली पक्षीय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएको छ ।

संसदीयदलको ओली पक्षको बैठकले समर्थन फिर्ता लिएसँगै कर्णली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा परेको छ । बहालवाला केहि माधव पक्षीय मन्त्री र केही सांसद ओली पक्षमा जाने सहमती भएपछि ओली पक्षले हालै नियुक्ति गरेको एमाले कर्णाली प्रदेश ईन्चार्ज तथा सांसद यमलाल कंडेलको निर्देशनमा दोस्रो पटक प्रदेश सरकार गिराउने प्रयास गरिएको हो ।

भोलिबाट लागु हुने गरी समर्थन फिर्ता गरिएको र तत्काल सरकारबाट हट्न पार्टीको तर्फबाट मन्त्री बनेकाहरुलाई निर्देशन दिएको संसदीय दलका नेता यामलाल कँडेलले बताए ।

कर्णाली सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, उद्योग पर्यटन बन तथा वातावण मन्त्री नन्दसिंह बुढा, सामाजिक विकास मन्त्री दल रावल एमालेको तर्फबाट मन्त्री छन् ।

एमाले संसदीय दलको नेतामा ओली पक्षका कँडेल रहेका छन् । कर्णाली प्रदेशमा एमालेका सभामुखसहित २० जना सांसद छन् । तीमध्ये १० सांसद संसदीय दल बैठकमा सहभागी भएको कँडेलले जनाएका छन् ।

कँडेलले बोलाएको संसदीय दलको बैठकमा नेपाल पक्षका ९ जना सांसदहरु भने अनुपस्थित थिए । नेपाल पक्षका सांसदहरु काठमाडौंमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी भएका छन् । उनीहरुलाई स्पष्टिकरण सोध्ने निर्णय एमालेले गरेको छ ।

कँडेलले गत कात्तिकमा पनि मुख्यमन्त्री शाही विरुद्ध साविकको नेकपा संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ३ : ०८ बजे

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय