१२ श्रावण २०८१, शनिबार | July 27, 2024

विद्यार्थीमा भाइरल ज्वरो : तीन विद्यालय बन्द



डोटी । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–६ गगुडामा भाइरल ज्वरो फैलिएपछि तीन विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ ।

विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएका कारण गगुडामा रहेका मष्टेश्वर माध्यमिक विद्यालय, वाल्मीकि आधारभूत विद्यालय र सिउँडी आधारभूत विद्यालय बन्द गरिएको शिक्षक चक्रबहादुर चन्दले जानकारी दिए । उनका अनुसार विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएपछि अरु विद्यार्थीलाई नसरोस् भनेर विद्यालय बन्द गरिएको हो ।

विद्यालयमा विद्यार्थी आउनै नसक्ने र आएका विद्यार्थीमा पनि भाइरल ज्वरोको सङ्क्रमण तीव्ररुपमा फैलिएपछि त्यसको रोकथामका लागि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको वडाध्यक्ष वीरेन्द्र चन्दले जानकारी दिए ।

विद्यार्थीमा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्नेजस्ता समस्या देखिन थालेका छन् । विद्यालयले गाउँपालिकाको शिक्षा शाखालाई जानकारी गराएर विद्यालय बन्द गराएको शिक्षक चन्दले बताए । रासस

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ५ : ५१ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान