२३ बैशाख २०८१, आइतबार | May 5, 2024

मुख किन गनाउँछ ? यसरी राख्नुहोस मुख र दाँत स्वस्थ



एजेन्सी । मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ ।

त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि सक्छ ।

मुखको सफाइका लागि ध्यान दिनुपर्ने कुरा :

धेरै गुलियो, अमिलो खानेकुरा सकेसम्म कम खाने ।

धेरै तातो र धेरै चिसो नखाने ।

मादक पदार्थ, धूम्रपान र सुर्ती सेवन नगर्ने ।

हतारमा, जोडसँग घोटेर दाँत नमाझ्ने ।
मुखमा खानेकुरा राखेर नसुत्ने ।

बच्चाको मुखमा दूधको बोतल राखेर नसुताउने ।

बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँत माझ्ने ।

रेसा भएको र पोसिलो खानेकुरा खाने ।

पानी प्रशस्त पिउने ।

वेलावेलामा मुख कुल्ला गरेर दाँतमा अड्किएका खानेकुरा हटाउने, डेन्टल फ्लसको प्रयोग गर्न पनि सकिन्छ ।

नरम ब्रसले दाँत माझ्ने, जिब्रो पनि सफा गर्ने ।

फ्लोराइडयुक्त मन्जन प्रयोग गर्ने ।

हरेक ५ महिनामा दाँत जँचाउने ।

प्लस टिप्स
डब्लुएचओका अनुसार नेपालका ६० प्रतिशत बालबालिका र पाँचदेखि १० प्रतिशत वयस्क तथा युवामा दाँत र मुखमा समस्या देखिने गरेको छ । मुख गनाउनुको प्रमुख कारण जिब्रो सफा नहुनु हो ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ६ : २८ बजे

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच

जनता समाजवादी पार्टी फुट्यो

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन