७ आश्विन २०८३, बुधबार | September 23, 2026

माधव-झलनाथ पक्षीय सांसदहरुको अलग्गै बैठक



काठमाडौं । राष्ट्रिय भेलामा व्यस्त भएकै बेलामा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक राखेपछि माधव-झलनाथ पक्षले आफुनिकट सांसदहरुको भेला राखेका छन् ।

बैठक राष्ट्रिय भेला भैरहेकै स्थल ललितपुरस्थित हेरिटेड गार्डेनमा बोलाइएको छ ।

ओलीले बोलाएको संसदीय दल बैठक बहिस्कार गर्ने बताइसकेको माधव-झलनाथ पक्षले सांसदहरुसँग नयाँ परिस्थितिबारे सुझाव माग्ने जनाएको छ ।

बालुवाटारमा बस्ने संसदीय दलको बैठकमा उपस्थित नहुन माधव-झलनाथ पक्षले निकट सांसदहरुलाई सूचित गरिसकेको छ ।

यो पक्षका सांसदहरु समेत राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी भएएका छन् ।

ओली पक्षले भने आजको संसदीय दल बैठकमा उपस्थित नहुने सांसदहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । प्रधानमन्त्री ओलीले बुधबारसाँझ एक अनलाइनलाई अन्तर्वार्ता दिँदै पार्टीमा गुट खडा गर्नेहरु विरुद्ध एक एक गरी कारवाही गर्ने चेतावनी दिएका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  १० : २३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई