२१ भदौ २०८३, आइतबार | September 6, 2026

डिशहोमले सुरु गर्यो मधेस प्लस च्यानल, स्थानिय भाषाका कार्यक्रम र टेलिश्रृखला प्रशारण हुने



काठमाडौ । नेपाली टेलिभिजनको दुनियामा डिशहोमले भरपुर मनोरञ्जनले भरिएको मधेस प्लस च्यानल संचालनमा ल्याएको छ ।

डिशहोमको च्यानल नं. ११९ मा यो च्यानल प्रशारण भईरहेको छ । नेपालमानै पहिलो पटक भोजपुरी चलचित्र, गीत, मैथली, थारु, लगाएतका मधेस क्षेत्रमा प्रचलनमा रहेका विभिन्न भाषा भाषिका गीत संगीत, टेलिचलचित्र तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरुलाई प्रथमिकताका साथ प्रशारण गर्ने तयारि च्यानलले गरिरहेको छ ।

मधेस प्लस च्यानलमा हरेक शुक्रवार राती ८ बजे मैथली भाषाको समसामयिक, सामाजिक टेलिसृंखला मिथिलाञ्चली प्रशारण भईरहेको छ ।
जुन सिरियललाई दर्शकहरुले रुचाउनुका साथै राम्रो प्रतिकृया जनाउनु भएको छ । यसै लोकप्रियतालाई ध्यानमा राखेर मधेस प्लस च्यानल मार्फत डिशहोमले विभिन्न मधेस केन्द्रीत कन्टेन्ट प्रशारण गर्ने तयारि गरिरहेको छ ।

हरेक शनिवार दिउँसो १ वजे भोजपुरी भाषामा हलिउड चलचित्र प्रशारण गरिरहेको छ भने दैनिक ८ शो भोजपुरी भाषाको चलचित्र प्रशारण गरिरहेको छ । चाडै यो च्यानलमा स्थानीय भाषाको गीत संगीत, टेलिचलचित्र तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गर्ने तयारी भईरहेको छ । लामो समय देखी नेपाली दर्शकको मनोरञ्जनको चाहानालाई ध्यानमा राखेर डिशहोमले आफ्नै विभिन्न एक्सक्लुसिभ च्यानलहरु संचालन गर्दै आएको छ ।

डिशहोमले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण हुने रमाईलो टिभी, नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्टस्, वालवालिकाहरुको लागी राईम्स र जुनिएर टिभी, घरमा नै वसेर नयाँ नयाँ नेपाली, हिन्दी र अंग्रेजी चलचित्र हेर्न सकिने सिनेमा घर, नेपाली चलचित्र मात्र प्रशारण हुने प्लस मुभि जस्ता विभिन्न च्यानल संचालन गरिरहेको मा मधेस क्षेत्रमा प्रचलित भाषाका सामाग्री समेटिएको मनोरञ्जनात्मक “मधेस प्लस” नाममा च्यानल संचालनमा ल्याएको ।

यस च्यानलले नेपाली दर्शकलाई भिन्न स्वाद र भरपुर मनोरञ्जन दिने विश्वास कम्पनीले लिएको छ । साथमा भोजपुरी, मैथलि, थारु लगाएतका भाषाको गीत गाउने कलाकारहरुले उपलब्ध गराएको गीतहरु समेत यस च्यानलमा प्रशारण गरिने छ जस वाट क्षेत्रिय भाषाको गीत गाउने स्थानिय कलाकारको प्रतिभा लाई समेत नेपाल भर पु¥याउन यस च्यानलले सहयोग गर्ने अपेक्षा डिशहोमले लिएको छ ।
आगामी दिनहरुमा पनि डिशहोमको ग्राहकहरुको मनोरञ्जनका लागी भिन्न खालका सामाग्री प्रशारण हुने विभिन्न च्यानलहरु थप गर्दै लाने उद्देश्य कम्पनीले लिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ३ : १५ बजे

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण