६ बैशाख २०८१, बिहिबार | April 18, 2024

माओवादी केन्द्रको युवा संगठन ‘वाईसीयल’ पुनः सक्रिय, जेठ २८–३० मा राष्ट्रिय भेला गर्ने



काठमाडौं। माओवादी केन्द्रको सहायक संगठन योङ कम्यूनिष्ट लिग नेपाल (वाईसीएल) पुनः सक्रिय भएको छ ।

सर्वोच्च अदालतले नेकपा खारेज गर्दै नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि सो पार्टीको युवा संगठान पनि स्वतः सक्रिय बनेको हो । वाईसीएलले आगामी जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने भएको छ ।

काठमाडौंमा चैत्र ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो । भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने वाइसीएलका सचिव पुष्प ओलीले बताएका छन् ।

संगठनलाई चलायमान गराउनका लागि भन्दै राष्ट्रिय भेला अगावै टोल कमिटीदेखि प्रदेश कमिटी सम्मका भेलाहरु आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधिहरु प्रदेश भेलाबाट चुनिएर आउने सचिव ओलीले बताए ।

बैठकले राष्ट्रिय भेला अगावै दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ५ : २९ बजे

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

धनुषा । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको

भोलि मनकामना केबलकार बन्द हुने

चितवन । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सुदूरपश्चिममा एकीकृत समाजवादीको प्लान बी !

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न

लुम्बिनी प्रदेशमा एमालेलाई अर्थसहित पाँच मन्त्रालय

बुटवल । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सरकारमा पाँच जना मन्त्री

घाटुनाचको संरक्षणमा जुट्दै नवलपुरका गुरुङ समुदाय

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का गुरुङ समुदाय ऐतिहासिक परम्परागत घाटुनाच