११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

माधव नेपालको उद्घोष : जस्तो सुकै चुनौतीको सामना गर्न तयार छौं, कारवाही गरेर देखाऊ



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई एकीकृत बनाइराख्न अन्तिमसम्म लड्ने बताएका छन् ।

राष्ट्रिय कार्यकर्ता भेलाको समापन समारोहलाई सम्बोधन गर्दै नेता नेपालले आफुहरु पार्टी विभाजनको पक्षमा नरहेको बताए । नेपालले पार्टीलाई जोगाइराख्न अन्तिम दमसम्म लड्ने प्रतिवद्धता जनाए । उनले भने, ‘मुन्ट्याएरै निकाल्न खोजेछन् भने अन्तिम दमसम्म लड्छौं ।’

नेता नेपालले आफूहरु जस्तो सुकै चुनौती सामना गर्न तयार रहेको स्पष्ट पारे । पार्टी एकता जोगाउने प्रयत्न गर्दागर्दै निकाल्न खोज्छन् भने जे त्याग गर्न पनि तयार रहेको उनले बताए ।

आजै मात्र बसेको ओली बहुमतको एमाले संसदीय दल बैठकले गुट भेला गर्ने र सहभागी हुनेहरुलाई कारवाही गर्ने निर्णय गरेको थियो । पार्टीको निर्देशन उल्लंघन गर्नेहरुलाई स्पष्टीकरण सोध्ने र त्यसपछि प्रक्रिया पुर्याएर कारवाही गर्ने निर्णय भएको थियो ।

तर, वरिष्ठ नेता नेपालल भने कुनै व्यक्तिले दल त्याग गरेमा मात्रै पद जाने बताए । उनले स्थानीय तहका जनप्रतिनिधिहरुको पद खोस्न सम्भव नभएको बताउँदै सांसदहरुलाई हटाउन पनि सजिलो नभएको भन्दै ढुक्क हुन आफु निकट जनप्रतिनिधिहरुलाई आश्वास्त पारे ।

वरिष्ठ नेता नेपालले बालुवाटारमा आयोजित संसदीय दलको बैठकमा आफु पक्षीय सांसदहरुलाई अपमान गरिएको बताए । उनले मिस कम्युनिकेशन हुँदा केही सांसदहरु बालुवाटार गएको भन्दै उनीहरुलाई अपमान गरिएको बताएका हुन् । समयमै सूचित गर्न नसकेको भन्दै उनले माफी समेत मागेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ६ : ०३ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान