१६ असार २०८३, मंगलबार | July 1, 2026

माधव नेपालको उद्घोष : जस्तो सुकै चुनौतीको सामना गर्न तयार छौं, कारवाही गरेर देखाऊ



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई एकीकृत बनाइराख्न अन्तिमसम्म लड्ने बताएका छन् ।

राष्ट्रिय कार्यकर्ता भेलाको समापन समारोहलाई सम्बोधन गर्दै नेता नेपालले आफुहरु पार्टी विभाजनको पक्षमा नरहेको बताए । नेपालले पार्टीलाई जोगाइराख्न अन्तिम दमसम्म लड्ने प्रतिवद्धता जनाए । उनले भने, ‘मुन्ट्याएरै निकाल्न खोजेछन् भने अन्तिम दमसम्म लड्छौं ।’

नेता नेपालले आफूहरु जस्तो सुकै चुनौती सामना गर्न तयार रहेको स्पष्ट पारे । पार्टी एकता जोगाउने प्रयत्न गर्दागर्दै निकाल्न खोज्छन् भने जे त्याग गर्न पनि तयार रहेको उनले बताए ।

आजै मात्र बसेको ओली बहुमतको एमाले संसदीय दल बैठकले गुट भेला गर्ने र सहभागी हुनेहरुलाई कारवाही गर्ने निर्णय गरेको थियो । पार्टीको निर्देशन उल्लंघन गर्नेहरुलाई स्पष्टीकरण सोध्ने र त्यसपछि प्रक्रिया पुर्याएर कारवाही गर्ने निर्णय भएको थियो ।

तर, वरिष्ठ नेता नेपालल भने कुनै व्यक्तिले दल त्याग गरेमा मात्रै पद जाने बताए । उनले स्थानीय तहका जनप्रतिनिधिहरुको पद खोस्न सम्भव नभएको बताउँदै सांसदहरुलाई हटाउन पनि सजिलो नभएको भन्दै ढुक्क हुन आफु निकट जनप्रतिनिधिहरुलाई आश्वास्त पारे ।

वरिष्ठ नेता नेपालले बालुवाटारमा आयोजित संसदीय दलको बैठकमा आफु पक्षीय सांसदहरुलाई अपमान गरिएको बताए । उनले मिस कम्युनिकेशन हुँदा केही सांसदहरु बालुवाटार गएको भन्दै उनीहरुलाई अपमान गरिएको बताएका हुन् । समयमै सूचित गर्न नसकेको भन्दै उनले माफी समेत मागेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ६ : ०३ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी