२३ बैशाख २०८१, आइतबार | May 5, 2024

कोरोना महामारीको तेश्रो लहर देखिएपछि फ्रान्समा पुनः लकडाउन



एजेन्सी । फ्रान्समा कोरोना महामारीको तेश्रो लहर सुरु भएपछि एक महिनाका लागि लकडाउन गर्ने निर्णय गरेको छ ।

फ्रान्सका प्रधानमन्त्री जीन कैस्टेक्सले फ्रान्सका कोरोना महामारीको तेश्रो लहरका कारण संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि आज रातीदेखि लागु हुने गरी एक महिनाका लागि लकडाउन गर्ने घोषणा गरिएको बताउनु भएको छ ।

जसअन्तर्गत राजधानी पेरिसलगायत अन्य १५ शहरमा कडा रुपमा लकडाउन हुने र तोकिएका शहरहरुको कुनै रेष्टुराँ, जीम हल, सिनेमा हल खुल्ने छैनन् भने फ्रान्सका नागरिक अर्को देशमा जान पाइने छैन ।

फ्रान्सका एकैदिन ३५ हजार संक्रमित थपिएपछि फ्रान्स सरकार लकडाउन गर्न बाध्य भएको हो । फ्रान्सका स्वास्थ्यमन्त्री ओलिविर वेरनले फ्रान्समा कोरोना संक्रमितमध्ये एकैदिन १५ सय जना गम्भीर बिरामी परेका कारण आइसियुमा उपचार भइरहेको जानकारी दिनुभयो ।

कोरोनाको तेश्रो लहर सुरु भएपछि युरोपका कतिपय राष्ट्रहरुले लकडाउनका घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ७ : ४१ बजे

आम्दा अस्पतालका कर्मचारीद्धारा नन्दिनी गौशालालाई सहयोग रकम हस्तान्तरण

बुटवल । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा

काठमाडौंको वायु अझै अस्वस्थ

काठमाडौं आज फेरि काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौं। जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं

पटकपटक हेर्न नभ्याइनेमा पर्दैआएको सन्दीपको मुद्धा आज ‘हेर्न नमिल्ने’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ुहेर्न नमिल्नेमा