६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

कोरोना महामारीको तेश्रो लहर देखिएपछि फ्रान्समा पुनः लकडाउन



एजेन्सी । फ्रान्समा कोरोना महामारीको तेश्रो लहर सुरु भएपछि एक महिनाका लागि लकडाउन गर्ने निर्णय गरेको छ ।

फ्रान्सका प्रधानमन्त्री जीन कैस्टेक्सले फ्रान्सका कोरोना महामारीको तेश्रो लहरका कारण संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि आज रातीदेखि लागु हुने गरी एक महिनाका लागि लकडाउन गर्ने घोषणा गरिएको बताउनु भएको छ ।

जसअन्तर्गत राजधानी पेरिसलगायत अन्य १५ शहरमा कडा रुपमा लकडाउन हुने र तोकिएका शहरहरुको कुनै रेष्टुराँ, जीम हल, सिनेमा हल खुल्ने छैनन् भने फ्रान्सका नागरिक अर्को देशमा जान पाइने छैन ।

फ्रान्सका एकैदिन ३५ हजार संक्रमित थपिएपछि फ्रान्स सरकार लकडाउन गर्न बाध्य भएको हो । फ्रान्सका स्वास्थ्यमन्त्री ओलिविर वेरनले फ्रान्समा कोरोना संक्रमितमध्ये एकैदिन १५ सय जना गम्भीर बिरामी परेका कारण आइसियुमा उपचार भइरहेको जानकारी दिनुभयो ।

कोरोनाको तेश्रो लहर सुरु भएपछि युरोपका कतिपय राष्ट्रहरुले लकडाउनका घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ७ : ४१ बजे

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस

बर्दघाट-दुम्किबास सडक खण्डमा राति सवारी आवागमनमा प्रतिबन्ध

नवलपुर । नारायणघाट-बुटवल सडक योजना (पश्चिम खण्ड) अन्तर्गत बर्दघाट-दुम्किबास-दाउन्ने सडक