१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रधानमन्त्री ओलीलाई पम्फा भुसालको चेतावनी : दुईतिहाइ बहुमतको गफ दिएर आफ्नो लाज नछोप्‍नू



काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद पम्फा भुसालले प्रधानमन्त्री ओलीलाई आफ्नो कमजोरी ढाकछोप गरेर धम्की नदिन चेतावनी दिएकी छ । पुन:स्थापित प्रतिनिधिसभाको चौथो बैठकमा शुक्रबार बोल्दै सांसद भुसालले प्रधानमन्त्रीले नौटंकी प्रदर्शन गरेको आरोप पनि लगाइन ।

‘प्रतिनिधिसभा विघटन भइसकेपछि प्रधानमन्त्रीले नौटंकी सभा र प्रदर्शन गरे’, उनले भनिन्, ‘हुँदा हुँदैको संसद विघटन गरेर, सग्लो पार्टीसमेत फुटाएर दुईतिहाइको धाकधम्की नदिनू, आफ्नो लाज छोप्ने कोसिस नगर्नू ।’

प्रधानमन्त्रीले लोकतान्त्रिक आन्दोलनका लागि योगदान दिए पनि अहिले जीवनकै ठूलो भूल गरेको बताइन्। ‘होला प्रधानमन्त्रीले हिजो लोकतन्त्र ल्याउन योगदान दिनु भयो । तर अहिले आएर उहाँले जीवनमा सबैभन्दा ठूलो भूल अहिले गर्नुभयो’, उनले भनिन्, ‘प्रधानमन्त्रीज्यू ! अलि अलि मान्छेको आलोचन सुन्नुस, आत्मसमीक्षा गर्नुस । सग्लो पार्टी फुटाएर बकम्फुसे कुरा गरेर दुईतिहाइ ल्याउँछु भनेर नहिँड्नुस ।’

उनले ओलीलाई अलिक जिम्मेवार बन्न भनिन । ‘अलिक जिम्मेवार बन्ने कुरा सिक्नुस्। आफू कहाँ हुन्छु भन्ने होइन देश कहाँ हुन्छ भन्ने तिर लागौँ’, उनले भनिन्, ‘देशको आर्थिक वृद्धिदर माइनस २ प्रतिशत छ, सक्छ भने सरकारले आर्थिक श्वेतपत्र ल्याउनु आवश्यक छ । माइनस २ मा गएको आर्थिक वृद्धिलाई कसरी बढाउने? यहीँबाट खोजौँ समाधान ।’

उनले प्रधानमन्त्रीले नैतिक जिम्मा लिए समाधान हुने बताइन । ‘प्रधानमन्त्रीले नैतिक जिम्मा लिऊँ, राजनीतिक दलबाटै हल खोजौँ, देशलाई अगाडि बढौँ’, उनले भनिन्, ‘सरकारकै कारण संसद पनि रोकिएको छ । सरकारले एजेण्डा दिँदैन कार्यव्यवस्था समितिमा अनि सभामुखलाई गाली गर्दै हिँड्ने ?’

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ३ : ३५ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा