३ आश्विन २०८३, शनिबार | September 19, 2026

प्रधानमन्त्री ओलीलाई पम्फा भुसालको चेतावनी : दुईतिहाइ बहुमतको गफ दिएर आफ्नो लाज नछोप्‍नू



काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद पम्फा भुसालले प्रधानमन्त्री ओलीलाई आफ्नो कमजोरी ढाकछोप गरेर धम्की नदिन चेतावनी दिएकी छ । पुन:स्थापित प्रतिनिधिसभाको चौथो बैठकमा शुक्रबार बोल्दै सांसद भुसालले प्रधानमन्त्रीले नौटंकी प्रदर्शन गरेको आरोप पनि लगाइन ।

‘प्रतिनिधिसभा विघटन भइसकेपछि प्रधानमन्त्रीले नौटंकी सभा र प्रदर्शन गरे’, उनले भनिन्, ‘हुँदा हुँदैको संसद विघटन गरेर, सग्लो पार्टीसमेत फुटाएर दुईतिहाइको धाकधम्की नदिनू, आफ्नो लाज छोप्ने कोसिस नगर्नू ।’

प्रधानमन्त्रीले लोकतान्त्रिक आन्दोलनका लागि योगदान दिए पनि अहिले जीवनकै ठूलो भूल गरेको बताइन्। ‘होला प्रधानमन्त्रीले हिजो लोकतन्त्र ल्याउन योगदान दिनु भयो । तर अहिले आएर उहाँले जीवनमा सबैभन्दा ठूलो भूल अहिले गर्नुभयो’, उनले भनिन्, ‘प्रधानमन्त्रीज्यू ! अलि अलि मान्छेको आलोचन सुन्नुस, आत्मसमीक्षा गर्नुस । सग्लो पार्टी फुटाएर बकम्फुसे कुरा गरेर दुईतिहाइ ल्याउँछु भनेर नहिँड्नुस ।’

उनले ओलीलाई अलिक जिम्मेवार बन्न भनिन । ‘अलिक जिम्मेवार बन्ने कुरा सिक्नुस्। आफू कहाँ हुन्छु भन्ने होइन देश कहाँ हुन्छ भन्ने तिर लागौँ’, उनले भनिन्, ‘देशको आर्थिक वृद्धिदर माइनस २ प्रतिशत छ, सक्छ भने सरकारले आर्थिक श्वेतपत्र ल्याउनु आवश्यक छ । माइनस २ मा गएको आर्थिक वृद्धिलाई कसरी बढाउने? यहीँबाट खोजौँ समाधान ।’

उनले प्रधानमन्त्रीले नैतिक जिम्मा लिए समाधान हुने बताइन । ‘प्रधानमन्त्रीले नैतिक जिम्मा लिऊँ, राजनीतिक दलबाटै हल खोजौँ, देशलाई अगाडि बढौँ’, उनले भनिन्, ‘सरकारकै कारण संसद पनि रोकिएको छ । सरकारले एजेण्डा दिँदैन कार्यव्यवस्था समितिमा अनि सभामुखलाई गाली गर्दै हिँड्ने ?’

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ३ : ३५ बजे

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज