२० मंसिर २०८२, शनिबार | December 6, 2025

चाल्नाखेल जंगलमा मृत फेला दुई युवाको पहिचान खुल्यो



काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेल जंगलमा भेटिएका दुई युवाको शव कक्षा १० मा पढ्दै गरेका विद्यार्थी भएको खुलेको छ ।

प्रहरीले शवको पहिचान भएको जनाएको हो । मृत्यु भएकामध्ये एक जना काभ्रेपलाञ्चोकका १७ वर्षीय मंगल तामाङ र अर्का एक जना नुवाकोट १६ वर्षीय अर्जुन खड्का भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा विषको बट्टा भेटिएका कारण उनीहरुले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यद्यपी, पोस्टमार्टम पछिमात्र वास्तविकता के हो भन्नेबारे भन्न सकिने प्रहरीको भनाइ छ ।

काठमाडौंको बाङ्गेमुढा बस्ने ती युवा हिजो साथीको घरमा जानेभनेर हिँडेका थिए । उनीहरुको मृत्यु हिजो भएको हो या आज भन्ने खुल्न नसकेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

मृतकमध्ये एक जनाको खोल्सामा र एक जनाको डिलमा शव भेटिएको थियो । प्रहरीले घटनास्थललाई घेरावन्दी गरी कुकुरसमेत परिचालन गरेर अनुसन्धान सुरु गरेको छ ।

 

 

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ५ : ०३ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय