३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । मासु व्यवसायी संघ रुपन्देहीले स्थापना दिवसको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संघले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक विजय शाहीले जानकारी दिए । सामाजिक उत्तरदायित्व अनुसार आयोजना गरिएको रक्तदानमा ५५ युनिट रगत संकलन भएको थियो ।

रक्तदान कार्यक्रममा बोल्दै संघका अध्यक्ष कृष्ण प्रसाद पौडेलले विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरिएको र संघ अझै सामाजिक कार्यमा अग्रसर हुने बताए ।

व्यापार व्यवसायमा व्यस्त व्यवसायीहरुलाई समाज रुपान्तरणमा जोडनका लागि संघले विभिन्न क्षेत्रमा सहयोग गर्दै जाने बताए । उनले सामाजिक कार्य अन्तर्गत चितवनमा निर्माणधिन गौतमबुद्ध क्रिकेट रंगशालालाई पनि सहयोग गर्न लागिएको बताए ।

रक्त सञ्चार केन्द्र भैरहवाको सहयोगमा भएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष मोहन कुमार शाही, वरिष्ठ सल्लाहकार तुलध्वज लामा, सल्लाहकार दिपक खड्गी, सरन कुमार शाही, बरिष्ठ उपाध्यक्ष मोहन खत्री, उपाध्यक्ष मसउज आलम, कोषाध्यक्ष नारायण घर्ती लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ५ : १२ बजे

इरानद्वारा साउदी अरबस्थित एयरबेसमा आक्रमण, अमेरिकी वायुसेनाका ५ विमान क्षतिग्रस्त

पश्चिम एशियामा चलिरहेको इरान र अमेरिका इजरायलबीचको युद्ध झन खतरनाक

काठमाडौं महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य

समानुपातिक सांसद चयनका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता