४ पुस २०८२, शुक्रबार | December 19, 2025

स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । मासु व्यवसायी संघ रुपन्देहीले स्थापना दिवसको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संघले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक विजय शाहीले जानकारी दिए । सामाजिक उत्तरदायित्व अनुसार आयोजना गरिएको रक्तदानमा ५५ युनिट रगत संकलन भएको थियो ।

रक्तदान कार्यक्रममा बोल्दै संघका अध्यक्ष कृष्ण प्रसाद पौडेलले विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरिएको र संघ अझै सामाजिक कार्यमा अग्रसर हुने बताए ।

व्यापार व्यवसायमा व्यस्त व्यवसायीहरुलाई समाज रुपान्तरणमा जोडनका लागि संघले विभिन्न क्षेत्रमा सहयोग गर्दै जाने बताए । उनले सामाजिक कार्य अन्तर्गत चितवनमा निर्माणधिन गौतमबुद्ध क्रिकेट रंगशालालाई पनि सहयोग गर्न लागिएको बताए ।

रक्त सञ्चार केन्द्र भैरहवाको सहयोगमा भएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष मोहन कुमार शाही, वरिष्ठ सल्लाहकार तुलध्वज लामा, सल्लाहकार दिपक खड्गी, सरन कुमार शाही, बरिष्ठ उपाध्यक्ष मोहन खत्री, उपाध्यक्ष मसउज आलम, कोषाध्यक्ष नारायण घर्ती लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ५ : १२ बजे

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका