७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कार्यकर्तालाई नेपालको आग्रह, – ओलीले कसैको पद खोस्न सक्दैनन्, हिम्मतका साथ सक्रिय बन्नुहोस



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफुहरु पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् ।

अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार काठमाडौमा सम्बोधन गर्दै नेता नेपालले आफुहरु पार्टी फुटाउने कल्पना गर्न पनि नसक्ने बताए । नेपालले राष्ट्रिय भेलामा पनि आफुहरुले पार्टी फुटाउने कुरा नगरेको बताउँदै पार्टीलाई सर्वोच्च अदालतको आदेशअनुसार २०७५ जेठ २ गतेको अवस्थामा भने फर्काउनैपर्ने जिकिर गरे ।

नेपालले आफुहरु सधै पार्टी एकताको पक्षमा रहेको बताउँदै अदालतको फैसला अनुसार पुरानै स्थितिमा फर्कनु परेपछि २०७५ जेठ २ गतेको अवस्थामा पार्टीका संबै संरचनालाई यथावत सक्रिय पार्न अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली तयार नभएको आरोप लगाए । ओलीको अटेरीकै कारण समस्या देखिएको उनले बताए । राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीलाई कारवाही गर्ने भन्दै ओलीले चेतावनी दिए पनि उनले कसैको पनि पद र जिम्मेवारी खोस्न नसक्ने नेपालले दाबी गरे । नेपालले कार्यकर्ताहरुलाई धैर्यता र हिम्मतका साथ पार्टी एकताको पक्षमा उभिन निर्देशन दिए ।

नेपालले भने, “२०७५ साल जेठ ३ गते दुईवटा पार्टी एकतावद्ध भए । एकतावद्ध हुनुभन्दा पहिले जेठ २ गतेसम्म जुनजुन संरचना थिए, जो जो पदाधिकारी, सदस्य थिए । ती सबैलाई यथावत रुपमा जिम्मा दिनुपर्छ । पार्टी एकतावद्ध भएर अघि बढाउनुपर्छ । तपाईहरु एमाले पार्टीको हुन्जेल कसैले तपाईको पद खोस्न सक्तैन ।”

नेता नेपालले सांसदहरुको सवालमा के कस्तो हुनसक्छ भनेर आफुहरुले परामर्श गरिरहेकाले नआत्तिईकन कम्युनिष्ट एकताको आन्दोलनमा लाग्न पनि निर्देशन दिए ।

चैत ४ र ५ गते सम्पन्न राष्ट्रिय भेलाले एमाले पार्टीमा समानान्तर कमिटी सक्रिय बनाउने निर्णय गरेको थियो । माधव पक्षले विभिन्न जनवर्गीय संगठनहरुका भेला आयोजना गर्न सुरु गरिसकेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ६ : ३२ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा