७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

भटमास खानुका फाइदा मात्रै छैनन्, यस्ता व्यक्तिका लागि बिष समान हुन्छ



एजेन्सी । खान-पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ छाड्दैनन् ।

तर आफ्नो स्वास्थ्यको ख्याल राख्नेहरु हरेक समयमा हरेक खाद्य पदार्थको राम्रा तथा नराम्रा गुणबारे जानकारी हासिल गर्न इच्छुक हुन्छन् ।

यसकारण यो आलेखमा हामी तपाईलाई भटमास (सोयाबीन)सँग सम्बन्धित केही कुराहरु बताउँदै छौं । भटमास, जसलाई प्रोटीनको स्रोत मानिन्छ । यसको अतिरिक्त भटमासमा भिटामिन-ए पनि भरपूर मात्रामा पाइन्छ । भटमास खाँदा शरीरमा एमिनो एसिड उत्पन्न हुन्छ । जो शरीरलाई फिट राख्न धेरै आवश्यक हुन्छ ।

त्यस्ता व्यक्ति जो धेरै शारीरिक व्यायाम गर्छन् र शरीरका लागि प्रोटीन चाहन्छन्, उनीहरुका लागि भटमास धेरै फाइदाजनक हुन्छ । तर केही व्यक्तिका लागि भने भटमास विष बराबर नै हुन्छ । एक रिसर्चका अनुसार ६ प्रकारका रोगबाट ग्रस्त व्यक्तिले भुलेर पनि भटमास खानु हुँदैन । यस्ता व्यक्तिले भटमास खानु भनेको बिष सेवन गर्नुजस्तै हो ।

भटमासको सेवनबाट फाइदा मात्रै हुँदैन, यसले अनेक प्रकारका रोग निम्त्याउने खतरा पनि हुन्छ । भटमासमा ‘ट्रान्स फ्याट’ हुन्छ । जसले हाई कोलेस्ट्रोल तथा मुटुको रोग निम्त्याउँछ । यसकारण जुन व्यक्तिलाई मुटुको रोग छ, अथवा सामान्य आशंका पनि देखिन्छ भने उनीहरुले भटमास नखानु नै राम्रो हुन्छ ।

सुत्केरी महिला

गर्भवती महिला या स्तन पान गराइरहेकी महिलाले पनि भटमास खानु हानिकारक हुन्छ । भटमासमा पाइने एमिनो एसिडले गर्भवती महिलामा चक्कर आउँने, रिंगटा लाग्ने जस्ता समस्या हुन्छन् ।

यस्तै स्तनपान गराइरहेकी महिलाले पनि भटमास खाँदा दूध पिउने बच्चामा त्यसको नराम्रो असर पर्न जान्छ । आमाले धेरै भटमास खाँदा बच्चाहरुमा अपच हुने खतरा बढ्छ ।

छालाको रोग

यदि कुनै व्यक्तिलाई छाला सम्बन्धी कुनै रोग तथा छाला चिलाउने समस्या छ भने त्यस्ता व्यक्तिले पनि भटमास नखानु नै राम्रो हुन्छ ।

मिर्गौला सम्बन्धी रोग

भटमासमा फीटोएस्ट्रोजन नामक एक केमिकल पाइन्छ । सामान्य व्यक्तिलाई त यसले खासै असर पुर्याउँदैन । तर जो व्यक्ति मिर्गौला सम्बन्धी रोगबाट पीडित छन्, त्यस्ता व्यक्तिका लागि यो केमिकल जहर समान हुन्छ ।

मिर्गौलामा फीटोएस्ट्रोजन केमिकलको बृद्धि हुँदा गम्भीर असर निम्तिन सक्छ । यो केमिकलका कारण किड्नी फेल हुने खतरा समेत हुन्छ ।

क्यान्सर

सबै प्रकारको त हैन, तर जो व्यक्तिलाई मूत्राशय (यूरिन) को कयान्सर छ, त्यस्ता व्यक्तिले भटमास नखाएकै राम्रो हुन्छ । यसको अतिरिक्त यदि परिवारिक इतिहासमा पनि कहिल्यै कुनै व्यक्तिलाई क्यान्सर लागेको थियो भने, अगाडिको पीढिले भटमास नखानु नै राम्रो हुन्छ ।

मधुमेह

यदि तपाईलाई चिनी रोग (मधुमेह) लागेको छ भने पनि भटमास नखानुहोस् । किनकी भटमासको सेवनबाट रगतमा चिनीको मात्रा बढ्न जान्छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ६ : २९ बजे

एसीसी प्रिमियर कपको सेमिफाइनल आज, नेपालको सामना युएईसँग

काठमाडौं । आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुदै

आजको मौसम : कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम