१७ असार २०८३, बुधबार | July 1, 2026

नेकपा एमालेको केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज, नेपाल-खनाल पक्ष नजाने



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । त्यसअघि संसदीय दलको बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे संसदीय दलको बैठक आह्वान गरिएको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक सकेर केन्द्रीय कमिटीको बैठक बस्ने गरी गृहकार्य अघि बढाएका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं सांसद शेरबहादुर तामाङले आज संसदीय दल र केन्द्रीय कमिटीको बैठक बस्ने बताएका हुन ।

यसअघि बसेको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिष्कार गरेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आजको बैठक पनि बहिष्कार गर्ने बताइसकेका छन् ।

शुक्रबार राति बानेश्वरमा बसेको माधव नेपाल पक्षको स्थायी कमिटी बैठकले बैठक बहिष्कार गर्ने निर्णय गरेको उपाध्यक्ष भीम रावलले बताए । विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यसपटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने निर्णय भएको उनले बताए ।

रावलले बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिए बैठकमा सहभागी हुन सकिने बताए ।

यता उपाध्यक्ष वामदेव गौतमले भने संसदीय दल र केन्द्रीय कमिटीको दुवै बैठकमा सहभागी हुने जनाएका छन् । अखिल नेपाल किसान महासंघको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा सहभागी हुने बताएका थिए ।

तर, उपाध्यक्ष गौतम फाुगन २८ मा ओली पक्षको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय खारेज गर्नुपर्नेमा अडिग छन । दुवै बैठकमा आफ्नो माग अघि सार्ने योजनामा रहेका उपाध्यक्ष गौतम, माग उपर सुनुवाई नभए बैठक बहिष्कार गर्ने उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ६ : ५८ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी