४ पुस २०८२, शुक्रबार | December 19, 2025

राजस्व हिनामिना गर्ने कर्मचारी कारागार चलान



चितवन । राजस्वमा जम्मा गर्नुपर्ने रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले एक जनालाई पुर्पक्षका लागि कारागार पठाएको छ ।

भरतपुर महानगरपालिका–११ का ५८ वर्षीय रिठ्ठे परियारलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो ।

उनीले मालपोत कार्यालय भरतपुरको राजस्व खातामा जम्मा गर्नुपर्ने रकम नक्कली छाप तथा दस्तखत र बिल भर्पाई बनाई हिनामिना गरेका थिए । एक करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका मालपोत कार्यालयका तत्कालीन लेखा अधिकृत परियारलाई चितवन जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले शुक्रबार परियारलाई पुर्पक्षका लागि भरतपुर कारागार पठाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ । परियारलाई जिल्ला प्रहरी कार्यालयबाट भरतपुर कारागार पठाइएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए ।

सरकारी वकिल कार्यालयले सात वर्ष कैद माग दाबी गर्दै जिल्ला अदालतमा बिहीबार मुद्दा दायर गरेको थियो । परियारले सरकारी खातामा दाखिला हुनुपर्ने राजस्व कीर्ते छाप तथा दस्तखत र नक्कली बिल भर्पाई गरी एक करोड १७ लाख २४ हजार ५३८ हिनामिना गरेको आरोप छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ९ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको