१७ असार २०८३, बुधबार | July 1, 2026

एमाले संसदीय दल बैठक : विधान संशोधन केन्द्रीय कमिटीमा लैजाने निर्णय



काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकले विधान संशोधन केन्द्रीय मा लैजाने निर्णय गरेको छ।

काठमाडौं । नेकपा एमालेको संसदीय दल बैठकले दलको विधान संशोधन प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ ।

वालुवाटारमा बसेको संसदीय दलको बैठकले पारित गरेको विधान संशोधन आजै बालुवाटारमा बस्ने केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको हो ।

गत बिहीबार बसेको संसदीय दलको बैठकले सांसदहरु विशाल भट्टराई, शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य विमला राई पौडेल सदस्य रहेको ३ सदस्यीय विधान संशोधन कार्यदल बनाएको थियो। कार्यदलले पेश गरेको प्रस्तावलाई पारित गर्दै त्यसलाई अनुमोदनका लागि केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको हो ।

बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुट भेलाका आयोजकहरुलाई कारवाही गर्ने चेतावनी दिएका थिए । उनले कथित भेलाका आयोजकलाई स्पष्टिकरण सोधेर कारवाही गर्ने बताएका हुन् । ओलीले आत्मालोचना गर्दै सच्चिएर आए मात्र अब सोच्न सकिने बताउँदै अन्यथा कारवाही प्रक्रिया अघि बढाइने बताएका छन् ।

प्रधानमन्त्री ओलीले संसदमा सभामुख सेटिङमा चलेको समेत आरोप लगाएका छन् । सभामुखले सरकारसँग परामर्श नगरेको उनले आरोप लगाए ।

संसदीय दलको बैठकमा वामदेव गौतम र कृष्णभक्त पोखरेल उपस्थित भएका छन् । पोखरेल यसअघि माधव नेपाल समुहका प्रभावशाली नेता हुन् । उनी प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि प्रचण्ड नेपाल नेकपाको पक्षबाट निर्वाचन आयोगमा खटाइएका नेता हुन् । चितवनबाट प्रतिनिधिसभामा निर्वाचित पोखरेल कानुनव्यवसायी समेत हुन् ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  १ : १९ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी