१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

एमाले कन्द्रीय कमिटी बैठक सुरु, नेपाल पक्ष सहित बामदेव गौतम बैठकमा अनुपस्थित



काठमाडौं । संसदीयदलको बैठक सम्पन्न भए लगत्तै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । नेपाल पक्षका ५ नेतालाई कारवाही गर्ने, बिधान संसोधनको प्रस्ताव केन्द्रीय कमिटी पठाउने र संसदीय बोर्डलाई सक्रिय बनाउने निर्णय गर्दै सकिएको संसदीय दलको बैठकको केही घण्टापछि केन्द्रीय समिति बैठक सुरु भएको हो ।

संसदीयदलको बैठकमा उपस्थित भएर प्रचण्डको आलोचना गरेर निस्केका साबिक एमाले उपाध्यक्ष बामदेव गौतम केन्दीय कमिटी बैठकमा भने अनुपस्थित भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा नेपाल पक्षका केन्द्रीय सदस्यहरु भने अनुपस्थित रहेका छन् ।

गत फागुन २८ मा केन्द्रीय समितिको ओली पक्षीय बैठकले अध्यक्ष र महासचिव पदबाहेक अन्य पद पदाधिकारीको पद खारेज गरेको भन्दै नेपाल पक्षका नेताहरु बैठकमा अनुपस्थित भएका हुन् ।

ओलीले एक पक्षीय रुपमा बैठक बोलाएर विधान विपरितको निर्णय गरेको भन्दै नेपाल समूहले विरोध गर्दै आएको छ भने आजको केन्द्रीय समिति बैठक पनि बहिस्कार गर्ने शुक्रबार नै निर्णय गरेको थियो । उनीहरुले आजै सहभागी हुन नसक्नुको कारण सहितको पत्र बालुवाटार पुगेर ओलीलाई बुझाईदिन आग्रह गरेर फर्केका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ५ : ३९ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना