१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु



चितवन । जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छिन् ।

इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान चार बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु भएको हो । यस्तै हात्तीले सोही स्थानमा तीनवटा घर पूर्णरूपमा क्षति पुर्याएको कार्यालयले जनाएको छ ।

हात्तीको आक्रमणबाट भएको पूर्ण क्षतिको विवरण आइसकेको छैन । हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो । रासस

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ८ : १२ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम