४ पुस २०८२, शुक्रबार | December 20, 2025

देउवाले बोलाए पदाधिकारी बैठक, सत्ता समिकरणका बिषयमा नयाँ धारणा बनाईने



काठमाडौं । नेपाली कांग्रेस अनिर्णयको बन्दी भएको भन्दै देउवा इतरका कांग्रेस नेताहरुले आरोप लगाईरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक आह्वान गरेका छन् । सत्ता समिकरण सहित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरी पार्टीको आधिकारीक धारणा बनाउन पदाधिकारी बैठक बोलाईएको हो ।

सोामबार दिउँसो २ बजेका लागि सभापति देउवाले पदाधिकारीहरुलाई पार्टी कार्यालयमा बोलाएको कांग्रेसका एक नेताले बताए ।

बैठकमा वर्तमान पदाधिकारीहरु सहित पूर्वपदाधिकारीहरुलाई पनि बोलाईएको छ । कांग्रेसले अलमल गरेका कारण ओली नेतृत्वको सरकारको आयु लम्बिईरहेको माओवादी केन्द्र र जसपाका नेताहरुले आरोप लगाएपछि देउवाले बैठक बोलाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन माओवादी केन्द्र र जसपाले कांग्रेसलाई दबाब दिइरहेका बेला कांग्रेसले निर्णय दिन नसकेको बिषयमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र युवा नेता गगन थापाले बताउँदै आएका छन् ।

फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच भएको एकीकरणलाई मान्यता नदिई पूर्ववत् नेकपा–एमाले र नेकपा माओवादी केन्द्र लाई नै ब्युँताएपछि सत्ता समीकरणका लागि नयाँ कसरतहरु सुरु भएका छन्।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ७ : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको