६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

होटल, रेस्टुरेन्टलाई कोरोनाकालको विद्युत शुल्क मिनाहा



काठमाडौं । सरकारले होटल तथा रेस्टुरेन्टलाई कोरोनाकालको विद्युतको डिमान्ड शुल्क मिनाहा गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यससम्बन्धी मन्त्रिपरिषद्को फागुन २० गतेको निर्णय आइतबार सार्वजनिक गरेका हुन ।

कोभिड-१९ बाट अति प्रभावितको सूचीमा रहेका होटल तथा रेस्टुरेन्टलाई विद्युत् खपत गरे पनि नगरे पनि तिर्नुपर्ने न्यूनतम शुल्क मिनाहा तथा छुट दिने निर्णय भएको मन्त्री गुरुङले बताए । यो सुविधा होटल उद्योगका रूपमा दर्ता भई सञ्चालनमा रहेका, नियमित नवीकरण भएका र कर विवरण पेस गरेकाको हकमा लागू हुनेछ ।

उद्योगका रूपमा दर्ता भन्ने सर्तका कारण साना रेस्टुरेन्ट भने यो सुविधाबाट लाभान्वित नहुने देखिन्छ । सरकारको निर्णयअनुसार लकडाउन सुरु भएको ०७६ चैत ११ गतेदेखि भदौसम्मको विद्युत् डिमान्ड शुल्क शतप्रतिशत छुट दिइनेछ । यस्तै, असोज १ गतेदेखि माघसम्मको तिर्नुपर्ने डिमान्ड शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय सरकारले गरेको छ ।

सरकारले कोभिडबाट प्रभावित उत्पादनमूलक उद्योगको लकडाउन अवधिभरको डिमान्ड शुल्क र माग कम हुने समयको विद्युत् खपतमा ५० प्रतिशत छुट दिने निर्णय बजेटमार्फत गरेको थियो । होटल तथा रेस्टुरेन्टलाई सेवा उद्योगअन्तर्गत राखेका कारण कोभिडबाट अति प्रभावित भए पनि यो छुटबाट वञ्चित हुनुपर्ने अवस्था थियो । उक्त समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ७ : १२ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस