२६ बैशाख २०८१, बुधबार | May 9, 2024

संस्थापनको पेलानपछि नयाँ रणनीति बनाउन नेपाल पक्षको बैठक बस्दै



काठमाडौं । सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि पुनः ब्युँतिएको नेकपा एमालेमा संस्थापन पक्ष र नेपाल खनाल पक्षबीचको विवाद झन बढ्दै गएको छ ।

फागुन २३ गतेयता प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफुअनुकुल पार्टीको विधान संशोधन गर्दै एकलौटी अधिकार कायम गरेपछि विवाद फुटको अवस्थासम्म पुगेको छ । नेकपाछँदा आफुमाथि कारवाही गरेको प्रतिशोध साँध्न ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि स्पष्टीकरण सोधेका छन् । यद्यपी, स्पष्टीकरणको पत्र आइतबारसम्म नेपालहरुले पाएका छैनन् । ओलीले पार्टीमा पदाधिकारी खारेज गर्नेदेखि नयाँ केन्द्रीय सदस्य थप्ने, समानुपातिक सांसद परिवर्तन गर्ने अधिकार आफैमा केन्द्रित गरेका छन् । संभवतः जुनसुकै उपाय अपनाएर भएपनि ओली एमालेको इतिहासमा अहिलेसम्मकै शक्तिशाली अध्यक्ष (नेता) बनेका छन् । ओलीले पार्टीमा मात्र होइन, सत्ता जोगाउन समेत सबैखाले तुरुपहरु प्रयोग गरिरहेका छन् ।

आफ्नो राजनीतिक जीवनकै इतिहासमा सबैभन्दा संकटमा परेका वरिष्ठ नेता नेपाल अहिलेकै अवस्थामा नत ओलीसँग विद्रोह गर्नसक्ने अवस्थामा छन् नत एमालेमा टिक्नसक्ने अवस्थामा छन् । ओली पक्षले नेपाल पक्ष पार्टीबाटै बाहिरियोस भन्दै अधिकतम अपमान जारी राखेको छ ।

फागुन २८ बाट सुरुभएको ओलीको तिब्र पेलान चैत ७ गतेको संसदीय दल र केन्द्रीय कमिटीबाट उत्कर्षमा पुगेपछि नेपाल खनाल पक्ष नयाँ रणनीति बनाउने प्रयासमा लागेको छ । आज नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठक बस्दैछ । सोही बैठकले अब कसरी अघि बढ्ने भन्ने निक्र्यौल निकाल्ने बुझिएको छ ।

यही चैत ४ र ५ गते नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले ओली प्रवृतिको विरोध गर्दै देशव्यापी समानान्तर कमिटी गठन गर्ने निर्णय गरेको थियो । नेपाल खनाल पक्षले जनवर्गीय संगठनहरुको समेत समानान्तर कमिटी बनाउन सुरु गरिसकेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ९ : ०९ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s