१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बंगलादेशको राजधानी ढाका पुगिन राष्ट्रपति भण्डारी



काठमाडौं । दुई दिने भ्रमणको सिलसिलामा राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको ढाका पुगेकी छिन् ।

राष्ट्रपति भण्डारी आज बिहान ५४ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै बंगलादेश गएकी हुन् ।

भण्डारीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा लगायतका विशिष्ठ अतिथिहरुले विदाई गरेको थिए । नेपाल एयरलाइन्सको चार्टर विमान चढेर भण्डारी ढाका पुगेकी हुन् ।

राष्ट्रपति भण्डारीलाई बंगलादेशी सेनाले २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ ले सम्मान गर्नेछ । उनले राष्ट्रिय शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नेछिन् ।

ढाकामा भण्डारी बंगलादेश स्वतन्त्र भएको ५० वर्ष तथा राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दीको अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुनेछिन् । भण्डारीले बंगलादेशी समकक्षीसँग दुईपक्षीय भेटवार्ता गर्नेछिन् ।

यस्तै, प्रधानमन्त्री शेख हसिनालगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । ढाकास्थित नेपाली दूतावासको भ्रमण गरी नेपाली समुदायसँग पनि भेट गर्ने कार्यक्रम समेत रहेको छ ।

 

 

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ११ : १८ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना