१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बंगलादेशको राजधानी ढाका पुगिन राष्ट्रपति भण्डारी



काठमाडौं । दुई दिने भ्रमणको सिलसिलामा राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको ढाका पुगेकी छिन् ।

राष्ट्रपति भण्डारी आज बिहान ५४ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै बंगलादेश गएकी हुन् ।

भण्डारीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा लगायतका विशिष्ठ अतिथिहरुले विदाई गरेको थिए । नेपाल एयरलाइन्सको चार्टर विमान चढेर भण्डारी ढाका पुगेकी हुन् ।

राष्ट्रपति भण्डारीलाई बंगलादेशी सेनाले २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ ले सम्मान गर्नेछ । उनले राष्ट्रिय शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नेछिन् ।

ढाकामा भण्डारी बंगलादेश स्वतन्त्र भएको ५० वर्ष तथा राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दीको अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुनेछिन् । भण्डारीले बंगलादेशी समकक्षीसँग दुईपक्षीय भेटवार्ता गर्नेछिन् ।

यस्तै, प्रधानमन्त्री शेख हसिनालगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । ढाकास्थित नेपाली दूतावासको भ्रमण गरी नेपाली समुदायसँग पनि भेट गर्ने कार्यक्रम समेत रहेको छ ।

 

 

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ११ : १८ बजे

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार