३ चैत्र २०८२, मंगलबार | March 17, 2026

विश्व पानी दिवसमा अन्तरक्रिया : परम्परागत सीपज्ञानलाई आधुनिक प्रविधिसंग जोड्न सुझाव



बुटवल । विश्वपानी दिवसको अवसरमा भौतिक पुर्वाधार विकास मन्त्रालयको आयोजना तथा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ रुपन्देही नेपाल, सोह्रछत्तिस संयुक्त सिचाई प्रणालीको संयोजनमा सोमबार रुपन्देहीमा पानीको महत्व/खानेपानीमा प्रदेशको अवस्था अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्ने बक्ताहरुले पुर्खाहरुको परम्परागत पानीको उपभोग गर्ने विधि पद्धतिलाई आधुनिक प्रविधिसंग जोडेर अघि बढ्न सके भाविपुस्तालाई फाईदा मिल्ने दाबी गरेका हुन ।

कार्यक्रमको एक समारोहमा लुम्बिनी प्रदेशका प्रमुख सचिव भरतमणि सुवेदीले उद्घाटन गर्दै पानीको मुहार संरक्षण गर्ने, परम्परागत ज्ञान र सीपहरु अझै पनि धेरै उपयोगी भएको दाबी गरे । जल उपयोगमा पुर्खाहरुबाट धेरै बुद्धिमता अप्नाएको उदाहरण सोह्रछत्तिस सिचाईको उदाहरणबाट प्रष्ट भएको उनले बताए ।

कार्यक्रममा संघिय सरकार खानेपानी आयोजनाका प्रमुख शालिकराम पौडेल, लुम्बिनी प्रदेश भौतिक पुर्वाधार मन्त्रालयका सचिव सुशिलचन्द्र तिवारी, युनिसेफ नेपालका अफिसर राकेश मल्लिक, प्रिति शर्मा, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ रुपन्देही नेपालका ध्रुव धिताल, सोह्रछत्तिस संयुक्त सिचाईका अध्यक्ष यज्ञ गैरेले पुर्खाले अप्नाएका पानीको उपयोगको परम्परागत ज्ञान, सीपलाई आधुनिक प्रविधिसंग जोड्न सके भावि सन्ततिलाई फाईदा मिल्ने बताए ।

भौतिक पुर्वाधार मन्त्रालयका खानेपानी तथा सरसफाई महाशाखाका प्रमुख धुव्र धितालले लुम्बिनी प्रदेश सरकारले एक घर एक धारा संकल्प प्रस्ताव पारित गरेअनुसार कार्यान्वयनमा लागेको बताए ।

आर्थिक वर्ष २०७५/०७६ सम्म प्रदेशका ८९.८३ प्रतिशत घरपरिवारमा खानेपानी सुविधा पुगेको, ८१.०३ प्रतिशत मा विद्युत सेवा पुगेको, ५१ प्रतिशत सिचित क्षेत्र, ११ हजार २ सय ३३ किलोमिटर सडक रहेको उनले बताए ।

आर्थिक वर्ष २०८०/०८१ सम्म घरपरिवारमा खानेपानी सुविधा, विद्युत सेवालाई शतप्रतिशत पुर्याउने लक्ष्य रहेको तथा सिचित क्षेत्र ७० प्रतिशत र सडक लम्बाइ १२ हजार ५ सय पुर्याउने लक्ष्य रहेको उनले बताए ।

संसारमा प्रत्येक ३ मध्ये १ जना मानिस अथार्त २.२ अरब जनसंख्या सफा पानीको पहुच बाहिर रहेको बताए । संसारको आधा जनसंख्या ४.२ अरब जनसंख्या उचित सरसफाईको अभावमा बाच्न बाध्य रहेको छ ।

दुषित पानी, कमजोर स्वस्थ र सरसफाईका कारण दैनिक ८ सय, वार्षिक २ लाख ९७ हजार जना ५ वर्ष उमेर मुनीका बालबालिकाहरु झाडापखालाजन्य रोगबाट मर्ने विश्व स्वस्थ्य संगठनको तथ्याकले देखाएको उनले बताए ।

करोडौ मानिस प्रति दिन ३ ग्यालेनभन्दा कम पानीले गुजारा चलाउने तथा अमेरिकनहरु भने सरदर १ सय ६० ग्यालेन पानी प्रयोग गर्ने तथ्याकले देखाउछ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ४ : ०८ बजे

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई