७ आश्विन २०८३, बुधबार | September 23, 2026

माओवादी केन्द्र स्थायी समितिको बैठक जारी, एमालेमा खुलेका नेताहरुमाथि कारवाही हुनसक्ने



काठमाडौं । संसदको बैठक सुरुहुनु अघि नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ।

पार्टीको निर्णय बिपरित ओली नेतृत्वको एमालेमा खुलेका नेताहरुलाई सोधिएको स्पष्टिकरण र संसदमा प्रस्तुत हुने रणनीति तय गर्न माओवादी केन्द्रको स्थायी समितिको बैठक बसेको हो । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ ।

बैठकले आन्तरिक संगठन निर्माण, अनुशासन र नयाँ रणनीतिका लागि पार्टीको विधान संशोधन समेत गर्ने एजेण्डा रहेको एक स्थायी समिति सदस्यले बताए ।

बैठकले एमालेमा खुलेका माओवादी केन्द्रका नेताहरूलाई कारबाहीबारे पनि निर्णय गर्ने अनुमान गरिएको छ।

सवोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई छुट्टाछुट्टै अस्तित्वका साथ ब्युँताईदिएपछि गृहमन्त्री रामबहादुर थापा, ७ मन्त्रीसहित २३ माओवादी केन्द्रका नेता एमाले खुलेका छन् । जसलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको केन्द्रीय सदस्य बनाएका छन्।

माओवादी केन्द्रले ती नेताहरुलाई पार्टीबाट निस्काशन गरेमा उनीहरु मध्य धेरैको सांसद पद खारेज हुने छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १० : २५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई