१७ असार २०८३, बुधबार | July 1, 2026

पार्टी विधान उल्लंघन गर्ने ओलीलाई स्पष्टीकरण सोधिनुपर्छ : भीम रावल



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नवौं महाधिवेशनबाट पारित विधान उल्लंघन गर्ने अध्यक्ष केपी शर्मा ओलीमाथि स्पष्टीकरण सोध्नुपर्ने बताएका छन् ।

काठमाडौं नेपाल खनाल पक्षीय अनेरास्ववियूको विशेष भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले पार्टी विधान उल्लंघन गर्नेहरुले आफुहरुलाई स्पष्टीकरण गर्नु लज्जास्पद भएको बताएका छन् ।

नेता रावलले अवैधानिक ढंगले सोधिएको स्पष्टीकरणको जवाफ नदिने बताए । उनले स्पष्टीकरण आफुहरुले हैन, पार्टी अध्यक्ष केपी ओलीले दिनुपर्ने बताए । राववले स्पष्टीकरण पत्रलाई नक्कली केन्द्रीय कमिटीको अवैध पत्र भन्दै त्यसलाई जनता माझ ल्याउने बताए ।

नेता रावलले पार्टी सदस्य नै नभएकाहरुलाई केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार अध्यक्षले कहाँबाट पाए भन्दै प्रश्न गरे । उनले विधान विपरित अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने र राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्ने कार्य गरेको बताए ।

‘‘पार्टी विधान विपरीत काम गर्ने व्यक्तिले तपाईंहरुले अनुशासन किन मान्नु भएन भनेर स्पष्टीकरण सोध्न लाज मान्नुपर्ने हो’, रावलले अध्यक्ष ओलीलाई व्यङ्ग गर्दै प्रश्न गरे, ‘नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानका धाराहरु कुल्चिएर विधान संशोधन गर्ने अधिकार कहाँबाट आयो ?’

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  २ : ३४ बजे

मेसीसँग बराबरी गर्दै एम्बाप्पे गोल्डेन बुटको दौडमा

काठमाडौं । कप्तान किलियन एम्बाप्पेको दुई गोल र माइकल ओलिसेको

बागलुङमा कुकुरलाई ‘होस्टेल’

बागलुङ । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित

परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको

म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा

म्याग्दी । म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता तथा

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले घरघरबाट सङ्कलन हुने