२६ बैशाख २०८१, बुधबार | May 9, 2024

पार्टी विधान उल्लंघन गर्ने ओलीलाई स्पष्टीकरण सोधिनुपर्छ : भीम रावल



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नवौं महाधिवेशनबाट पारित विधान उल्लंघन गर्ने अध्यक्ष केपी शर्मा ओलीमाथि स्पष्टीकरण सोध्नुपर्ने बताएका छन् ।

काठमाडौं नेपाल खनाल पक्षीय अनेरास्ववियूको विशेष भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले पार्टी विधान उल्लंघन गर्नेहरुले आफुहरुलाई स्पष्टीकरण गर्नु लज्जास्पद भएको बताएका छन् ।

नेता रावलले अवैधानिक ढंगले सोधिएको स्पष्टीकरणको जवाफ नदिने बताए । उनले स्पष्टीकरण आफुहरुले हैन, पार्टी अध्यक्ष केपी ओलीले दिनुपर्ने बताए । राववले स्पष्टीकरण पत्रलाई नक्कली केन्द्रीय कमिटीको अवैध पत्र भन्दै त्यसलाई जनता माझ ल्याउने बताए ।

नेता रावलले पार्टी सदस्य नै नभएकाहरुलाई केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार अध्यक्षले कहाँबाट पाए भन्दै प्रश्न गरे । उनले विधान विपरित अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने र राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्ने कार्य गरेको बताए ।

‘‘पार्टी विधान विपरीत काम गर्ने व्यक्तिले तपाईंहरुले अनुशासन किन मान्नु भएन भनेर स्पष्टीकरण सोध्न लाज मान्नुपर्ने हो’, रावलले अध्यक्ष ओलीलाई व्यङ्ग गर्दै प्रश्न गरे, ‘नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानका धाराहरु कुल्चिएर विधान संशोधन गर्ने अधिकार कहाँबाट आयो ?’

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  २ : ३४ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s