२५ चैत्र २०८२, बुधबार | April 8, 2026

आइएमई पे एपबाट सबै क्यु आर स्क्यान गर्न मिल्ने



काठमाडौं । आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्युआर स्क्यान गर्न मिल्ने भएको छ ।

नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्युआर, युनियन पे र आइएमई पे क्युआर सेवाग्राहीहरुले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । सबै क्युआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमई पे एप एक मात्र विद्युतीय भुक्तानी सेवा प्रदायक एप हो ।

नेपालमा क्युआर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको अवस्थामा सरकारको डिजिटल नेपाल अभियानलाई आत्मसात गरी उक्त अभियानमा सहभागी हुँदै आएको आइएमई पेको यो सेवाले डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विश्वास गरिएको छ ।

‘आइएमई पे’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ४ : ३५ बजे

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास

बढ्यो सार्वजनिक यातायात भाडा, कहाँ जाँदा कति लाग्छ भाडा ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउन सहमति दिएसँगै

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण