१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

बुहारी रिहानालाई जिउँदै जलाउने ससुरा ७ वर्ष पछि पक्राउ



नेपालगञ्ज । बुहारीलाई जिउँदै जलाएर हत्या गर्न खोज्ने ससुरा ७ वर्ष पछि प्रहरी नियन्त्रणमा आएका छन् । सात वर्षअघि बुहारीलाई जिउँदै आगजनी गरी फरार भएका बाँके नरैनापुर २ का ७५ वर्षीय हनिफ शेष लाई बाँके प्रहरीले नियन्त्रणमा लिएको हो । दाईजोको निहुँमा आफ्नै बुहारीको शरिरमा मट्टीतेल छर्कि आगजनी गर्ने शेष ७ वर्ष देखि परार रहँदै आएका थिए ।

शेषलाई नरैनापुर १ सुईयाबाट ईलाका प्रहरी कार्यालय भगवानपुरको प्रहरी टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

२०७० चैत्र २ गते बाँके लक्ष्मणपुरकी २३ वर्षीया रिहाना शेष (ढपाली) को शरिरमा मट्टितेल छकिएर आगजनी गरीएको थियो । दाईजोको निहुँमा आफ्नी छोरीमाथि आगजनी गरीएको भन्दै रिहानाका बुवा मोहम्मद समिम शेषले जिल्ला प्रहरी कार्यालय बाँकेमा तत्काल उजुरी दर्ता गराएको भएपनि घटनामा संलग्न शेष सहित रिहानका श्रीमान फरिद शेष ढपाली र सासु सजहाद खाँ भने फरार रहँदै आएका थिए ।

रिहानाका श्रीमानले रिहानाका घरपरिवारसँग दाईजो वापत मोटरसाईकल र नगद माग गरेका थिए । उनिहरुको माग गरे अनुसार दाईजो नपाएपछि रिहाना सुतिरहेको स्थानमा मट्टितेल छर्कि आगो लगाईएको थियो ।

घटना भएको केहि दिन घटनालाई लुकाउँदै रिहनालाई उपचारको बहानामा भारतमा लगिएको थियो । भारतमा समान्य उपचार गराई रिहनालाई माईती पक्षलाई जिम्मा लगाएका थिए । ।िहनाले आफ्नी आमा सँग आफुलाई आगजनी गरेको बताएपछि उनको माईति पक्षले प्रहरीमा जाहेरी दिएका थिए । घटना बाहिर आएपछि रिहानालाई तत्काल भेरी अस्पताल नेपालगन्जमा भर्ना गरीएको थियो । नेपालगन्जमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारकालागि काठमाण्डौ लगिएको थियो ।

।िहनाले प्रहरीलाई दिएको बयान अनुसार पति फरिद शेषले सुसुरा र सासुको सहयोगमा रिहानालाई मट्टीतेल छर्केर जिउँदै आगो लगाइदिएका थिए । विवाहमा मोटरसाइकल र भैँसी दाइजो नल्याएको निहुँमा उनीमाथि त्यस्तो दुर्व्यवहार गरिएको थियो । सासु, ससुरा समेतको उक्साहटमा रिहानालाई उनका पतिले जलाएका थिए । आगजनीबाट शरीरको तल्लो भाग पूरै जलेर सख्त घाइते रिहानाको पेटमा रहेको बच्चासमेत खेर गएको थियो । बिभिन्न संघसंस्थाको ६ महिना काठमाण्डौमा उनको उपचार भयो । उनी अहिले माईतमै बस्दै आएकी छन् ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ६ : ४१ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा