२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

बुहारी रिहानालाई जिउँदै जलाउने ससुरा ७ वर्ष पछि पक्राउ



नेपालगञ्ज । बुहारीलाई जिउँदै जलाएर हत्या गर्न खोज्ने ससुरा ७ वर्ष पछि प्रहरी नियन्त्रणमा आएका छन् । सात वर्षअघि बुहारीलाई जिउँदै आगजनी गरी फरार भएका बाँके नरैनापुर २ का ७५ वर्षीय हनिफ शेष लाई बाँके प्रहरीले नियन्त्रणमा लिएको हो । दाईजोको निहुँमा आफ्नै बुहारीको शरिरमा मट्टीतेल छर्कि आगजनी गर्ने शेष ७ वर्ष देखि परार रहँदै आएका थिए ।

शेषलाई नरैनापुर १ सुईयाबाट ईलाका प्रहरी कार्यालय भगवानपुरको प्रहरी टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

२०७० चैत्र २ गते बाँके लक्ष्मणपुरकी २३ वर्षीया रिहाना शेष (ढपाली) को शरिरमा मट्टितेल छकिएर आगजनी गरीएको थियो । दाईजोको निहुँमा आफ्नी छोरीमाथि आगजनी गरीएको भन्दै रिहानाका बुवा मोहम्मद समिम शेषले जिल्ला प्रहरी कार्यालय बाँकेमा तत्काल उजुरी दर्ता गराएको भएपनि घटनामा संलग्न शेष सहित रिहानका श्रीमान फरिद शेष ढपाली र सासु सजहाद खाँ भने फरार रहँदै आएका थिए ।

रिहानाका श्रीमानले रिहानाका घरपरिवारसँग दाईजो वापत मोटरसाईकल र नगद माग गरेका थिए । उनिहरुको माग गरे अनुसार दाईजो नपाएपछि रिहाना सुतिरहेको स्थानमा मट्टितेल छर्कि आगो लगाईएको थियो ।

घटना भएको केहि दिन घटनालाई लुकाउँदै रिहनालाई उपचारको बहानामा भारतमा लगिएको थियो । भारतमा समान्य उपचार गराई रिहनालाई माईती पक्षलाई जिम्मा लगाएका थिए । ।िहनाले आफ्नी आमा सँग आफुलाई आगजनी गरेको बताएपछि उनको माईति पक्षले प्रहरीमा जाहेरी दिएका थिए । घटना बाहिर आएपछि रिहानालाई तत्काल भेरी अस्पताल नेपालगन्जमा भर्ना गरीएको थियो । नेपालगन्जमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारकालागि काठमाण्डौ लगिएको थियो ।

।िहनाले प्रहरीलाई दिएको बयान अनुसार पति फरिद शेषले सुसुरा र सासुको सहयोगमा रिहानालाई मट्टीतेल छर्केर जिउँदै आगो लगाइदिएका थिए । विवाहमा मोटरसाइकल र भैँसी दाइजो नल्याएको निहुँमा उनीमाथि त्यस्तो दुर्व्यवहार गरिएको थियो । सासु, ससुरा समेतको उक्साहटमा रिहानालाई उनका पतिले जलाएका थिए । आगजनीबाट शरीरको तल्लो भाग पूरै जलेर सख्त घाइते रिहानाको पेटमा रहेको बच्चासमेत खेर गएको थियो । बिभिन्न संघसंस्थाको ६ महिना काठमाण्डौमा उनको उपचार भयो । उनी अहिले माईतमै बस्दै आएकी छन् ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ६ : ४१ बजे

पारस खड्काको चेतावनी- मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउछु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले

लखनउमाथि सनराइजर्सको १० विकेटको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ

आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित