१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

भीम रावलको आरोप : सत्ता र कुर्ची जोगाउन प्रधानमन्त्री ओली विदेशीसँग साँठगाँठमा तल्लिन



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सत्ता जोगाउन विदेशीसँग साँठगाँठ गरिरहेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाललमार्फत बुधबार बिहान नेता रावलले ओलीले सत्ता र कुर्ची जोगाउन देशको अस्मितासँग खेलिरहरको आरोप लगाएका हुन् ।

रावलले भनेका छन्, ‘प्रमं केपी ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितासँग गाँसिएको नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसंग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ । देशभक्त नेपाली सजग होअ‍ौं !’

रावलको पछिल्लो अभिव्यक्तिलाई सत्तारुढ नेकपा एमालेभित्र देखिएको चरम अन्तर्संघर्षको पछिल्लो रुपको रुपमा लिइएको छ । रावललाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टीबाट कारवाही गर्नका लागि स्पष्टीकरण सोधेका छन् ।

रावलले भने पार्टी विधान मिच्ने काम अध्यक्ष ओलीबाट भएको हुँदा उनैले पार्टी र जनतालाई स्पष्टीकरण दिनुपर्ने माग गरेका छन् ।

 

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ९ : ४३ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम