१७ असार २०८३, बुधबार | July 1, 2026

भीम रावलको आरोप : सत्ता र कुर्ची जोगाउन प्रधानमन्त्री ओली विदेशीसँग साँठगाँठमा तल्लिन



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सत्ता जोगाउन विदेशीसँग साँठगाँठ गरिरहेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाललमार्फत बुधबार बिहान नेता रावलले ओलीले सत्ता र कुर्ची जोगाउन देशको अस्मितासँग खेलिरहरको आरोप लगाएका हुन् ।

रावलले भनेका छन्, ‘प्रमं केपी ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितासँग गाँसिएको नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसंग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ । देशभक्त नेपाली सजग होअ‍ौं !’

रावलको पछिल्लो अभिव्यक्तिलाई सत्तारुढ नेकपा एमालेभित्र देखिएको चरम अन्तर्संघर्षको पछिल्लो रुपको रुपमा लिइएको छ । रावललाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टीबाट कारवाही गर्नका लागि स्पष्टीकरण सोधेका छन् ।

रावलले भने पार्टी विधान मिच्ने काम अध्यक्ष ओलीबाट भएको हुँदा उनैले पार्टी र जनतालाई स्पष्टीकरण दिनुपर्ने माग गरेका छन् ।

 

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ९ : ४३ बजे

मेसीसँग बराबरी गर्दै एम्बाप्पे गोल्डेन बुटको दौडमा

काठमाडौं । कप्तान किलियन एम्बाप्पेको दुई गोल र माइकल ओलिसेको

बागलुङमा कुकुरलाई ‘होस्टेल’

बागलुङ । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित

परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको

म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा

म्याग्दी । म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता तथा

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले घरघरबाट सङ्कलन हुने