३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

छुट्टाछुट्टै घटनामा बागलुङमा दुई बालकको मृत्यु



बागलुङ । बागलुङमा सवारी दुर्घटना र चट्याङले लागेर दुई बालकको मृत्यु भएको छ भने दुई युवा घाइते भएका छन् ।

जिल्लाको बडिगाड गाउँपालिका–८ मा मङ्गलबार बेलुकी चट्याङले लागेर अमरबहादुर सुनारका नौ वर्षीय छोरा सिने सुनारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मङ्गलबारै गलकोट नगरपालिका–६ मा पिकअप दुर्घटना हुँदा उक्त पिकअप भ्यानमा सवार एक बालकको मृत्यु भएको छ । काठमाडौंबाट आएर यात्रु झारेपछि फर्काउने क्रममा सडकबाट २० मिटर तल खस्दा पिकअपमै बसेका बालकको मृत्यु भएको हो ।

मृत्युहुनेमा गलकोट नगरपालिका–६ का नितु बस्नेतका सात वर्षीय छोरा निकेश बस्नेत रहेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए । मङ्गलबारै बडिगाड–४ मा बा२०प २८८० नंको पिकअप सडकदेखि ६० मिटर तल खस्दा चालक यामबहादुर बुढाथोकी र सहचालक सुजन गोतामे घाइते भएका छन् ।

उनीहरु दुवैलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि पोखरा पठाइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  १० : १६ बजे

इरानद्वारा साउदी अरबस्थित एयरबेसमा आक्रमण, अमेरिकी वायुसेनाका ५ विमान क्षतिग्रस्त

पश्चिम एशियामा चलिरहेको इरान र अमेरिका इजरायलबीचको युद्ध झन खतरनाक

काठमाडौं महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य

समानुपातिक सांसद चयनका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता