काठमाडौं । कोरोना भाइरसको संक्रमण आज पनि ३ अंकमा नै कायम रहेको छ । पछिल्लो २४ घण्टामा थप १४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३९६३ जनामा भएको आरटी पीसीआर परीक्षण गर्दा १४५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
मंगलबार पनि ४०३२ जनामा भएको परीक्षणमा १८८ जनामा संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टामा कोरेना भाइरस संक्रमणबाट १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ । नेपालमा कोरोना संक्रमणका कारण ३ हजार २० जनाको ज्यान गएको छ ।
प्रतिक्रिया