१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नेपाल पक्षले बोलायो एमाले केन्द्रीय सदस्यहरुको बैठक



काठमाडौं । नेकपा एमालेको नेपाल पक्षले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय कमिटी बैठक भोलि शुक्रबार काठमाडौंमा बस्नेछ ।

पार्टीमा देखिएको गम्भीर विवाद र नेताहरुलाई ओली पक्षले सोधेको स्पष्टीकरणबारे छलफल गर्न बैठक बोलाइएको हो ।

शुक्रबार बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा बस्ने बैठकले ओली पक्षले गरेको निर्णय त्यसबारे आफ्नो पक्षको भावी रणनीतिबारे छलफल हुने बताइएको छ ।

यसअघि अध्यक्ष ओलीले बोलाएको एमाले केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाल, घनश्याम भुषाल, भीम रावल र सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोधेको थियो । ३ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नदिए कारवाही गर्ने चेतावनी ओली पक्षले दिएको छ ।

माधव पक्षले भने स्पष्टीकरणको खुला जवाफ दिने निर्णय गरेको छ । सोमबार काठमाडौंमा बसेको माधव पक्षको स्थायी कमिटी बैठकले अध्यक्ष स्पष्टिकरणको जवाफ सामूहिक रुपमा राजनीतिक तवर दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ११ : ५८ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम