१७ असार २०८३, बुधबार | July 1, 2026

नेपाल पक्षले बोलायो एमाले केन्द्रीय सदस्यहरुको बैठक



काठमाडौं । नेकपा एमालेको नेपाल पक्षले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय कमिटी बैठक भोलि शुक्रबार काठमाडौंमा बस्नेछ ।

पार्टीमा देखिएको गम्भीर विवाद र नेताहरुलाई ओली पक्षले सोधेको स्पष्टीकरणबारे छलफल गर्न बैठक बोलाइएको हो ।

शुक्रबार बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा बस्ने बैठकले ओली पक्षले गरेको निर्णय त्यसबारे आफ्नो पक्षको भावी रणनीतिबारे छलफल हुने बताइएको छ ।

यसअघि अध्यक्ष ओलीले बोलाएको एमाले केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाल, घनश्याम भुषाल, भीम रावल र सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोधेको थियो । ३ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नदिए कारवाही गर्ने चेतावनी ओली पक्षले दिएको छ ।

माधव पक्षले भने स्पष्टीकरणको खुला जवाफ दिने निर्णय गरेको छ । सोमबार काठमाडौंमा बसेको माधव पक्षको स्थायी कमिटी बैठकले अध्यक्ष स्पष्टिकरणको जवाफ सामूहिक रुपमा राजनीतिक तवर दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ११ : ५८ बजे

मेसीसँग बराबरी गर्दै एम्बाप्पे गोल्डेन बुटको दौडमा

काठमाडौं । कप्तान किलियन एम्बाप्पेको दुई गोल र माइकल ओलिसेको

बागलुङमा कुकुरलाई ‘होस्टेल’

बागलुङ । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित

परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको

म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा

म्याग्दी । म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता तथा

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले घरघरबाट सङ्कलन हुने