२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

जनस्वास्थ्य मापदण्ड पालना गर्न शिक्षण संस्थाहरुलाई शिक्षा मन्त्रालयको निर्देशन



काठमाडौं । सरकारले शिक्षण संस्थामा जनस्वास्थ्य मापदण्ड पालना गर्न शिक्षण संस्थाहरुलाई निर्देशन दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै कोरोना भाइरसको संक्रमणबाट हुने जोखिम बढ्ने सम्भावना देखिएकोले शिक्षक विद्यार्थीको स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्याउन शिक्षण संस्थाहरुको ध्यानाकर्षण गरेको हो ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बिहीबार बैठक बसेर मन्त्रालयले जनस्वास्थ्यका र सुरक्षाका सबै मापदण्ड पालना गर्न निर्देशन दिएको छ । मन्त्रालयले अहिलेको परिस्थितिमा सजग र सर्तक बन्दै सावधानीपूर्वक परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका क्रियाकलापहरु संचालन गर्न ध्यानाकर्षण गरेको छ । प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका मापदण्डको समेत पालना गर्न र गराउन मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयको विज्ञप्तिमा शिक्षण संस्थामा मास्क तथा स्यानिटाइजरको प्रयोग, साबुन पानीले हात धुने, ज्वारो नाप्ने र व्यक्तिमा संक्रमणको लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ । विज्ञप्तिमार्फत मन्त्रालयले शिक्षण संस्थामा सभा, समारोह र वार्षिक उत्सवजस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरु तत्कालका लागि नगर्न र नगराउन समेत अनुरोध गरेको छ ।

शिक्षा मन्त्रालय

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ४ : ५६ बजे

ग्लोबल आइएमईले गर्यो प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडौ । ग्लोबल आइएमई बैंकले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी आयोजना

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले लुम्बिनीमा अन्तराष्ट्रिय

विश्व प्रेस स्वतन्त्रता दिवसको सान्दर्भिकता

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले आज संसारभर उत्सव

विश्वकप क्रिकेट खेल्ने विद्यार्थीलाई फिनिक्स कलेजले गर्यो सम्मान

काठमाडौ । विश्वकप क्रिकेट खेल्ने विद्यार्थीहरुलाई फिनिक्स कलेजले सम्मान गरेको

कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

सिरहा । आफ्नै बुवा ५१ वर्षीय चन्दर यादवको कुटपिट गरी