११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

नेपाल र पाकिस्तानबीच द्विपक्षीय आर्थिक सम्बन्ध विस्तारबारे छलफल



काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाह र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसहित पदाधिकारीबीच भेटवार्ता भएको छ ।

चेम्बर भवन कान्तिपथमा भएको भेटमा द्विपक्षीय आर्थिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको छ ।

त्यस अवसरमा अध्यक्ष श्रेष्ठले नेपालमा औद्योगिक तथा व्यावसायिक वातावरण बनाउन चेम्बरले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको जानकारी दिँदै नेपाली उद्योगी व्यवसायी पाकिस्तानसँग आर्थिक सम्बन्ध विस्तार गर्न इच्छुक रहेको बताए ।

श्रेष्ठले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, जडिबुटी, खनिज पदार्थ उत्खननलगायत क्षेत्रमा पाकिस्तानी लगानीकर्तालाई अभिप्रेरित गर्न आग्रह गरे।

चीनले नेपाललाई आठ हजार वस्तुमा दिएको भन्सार सुविधाका कारण नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले पाकिस्तानी लगानीको अपेक्षा नेपालले गरेको उनले बताए । अध्यक्ष श्रेष्ठले व्यावसायिक वातावरण विस्तार गर्न नेपाली र पाकिस्तानी व्यवसायीबीच ‘बायर्स—सेलर्स मिट’ गर्न प्रस्ताव गरे ।

पाकिस्तानले नेपालसँग विभिन्न क्षेत्रमा सम्बन्ध स्थापित गर्न चाहिरहेको बताउँदै राजदूत शाहले चेम्बरजस्ता निजी क्षेत्रका संस्थाले पारस्परिक व्यापार अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्न सक्ने विचार व्यक्र गरे । राजदूत शाहले नेपालमा लगानीका सम्भावना र प्रमुख क्षेत्रबारे चासो व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ५ : ५० बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान