१८ जेष्ठ २०८३, सोमबार | June 2, 2026

नेपाल र पाकिस्तानबीच द्विपक्षीय आर्थिक सम्बन्ध विस्तारबारे छलफल



काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाह र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसहित पदाधिकारीबीच भेटवार्ता भएको छ ।

चेम्बर भवन कान्तिपथमा भएको भेटमा द्विपक्षीय आर्थिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको छ ।

त्यस अवसरमा अध्यक्ष श्रेष्ठले नेपालमा औद्योगिक तथा व्यावसायिक वातावरण बनाउन चेम्बरले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको जानकारी दिँदै नेपाली उद्योगी व्यवसायी पाकिस्तानसँग आर्थिक सम्बन्ध विस्तार गर्न इच्छुक रहेको बताए ।

श्रेष्ठले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, जडिबुटी, खनिज पदार्थ उत्खननलगायत क्षेत्रमा पाकिस्तानी लगानीकर्तालाई अभिप्रेरित गर्न आग्रह गरे।

चीनले नेपाललाई आठ हजार वस्तुमा दिएको भन्सार सुविधाका कारण नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले पाकिस्तानी लगानीको अपेक्षा नेपालले गरेको उनले बताए । अध्यक्ष श्रेष्ठले व्यावसायिक वातावरण विस्तार गर्न नेपाली र पाकिस्तानी व्यवसायीबीच ‘बायर्स—सेलर्स मिट’ गर्न प्रस्ताव गरे ।

पाकिस्तानले नेपालसँग विभिन्न क्षेत्रमा सम्बन्ध स्थापित गर्न चाहिरहेको बताउँदै राजदूत शाहले चेम्बरजस्ता निजी क्षेत्रका संस्थाले पारस्परिक व्यापार अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्न सक्ने विचार व्यक्र गरे । राजदूत शाहले नेपालमा लगानीका सम्भावना र प्रमुख क्षेत्रबारे चासो व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ५ : ५० बजे

संविधान संशोधनका लागि ४४ हजार बढी सुझाव प्राप्त

काठमाडौँ । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान

३३ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को

न्यायसम्पादनमा इमान्दारीपूर्वक लाग्न प्रधान न्यायाधीशको २१ बुँदे निर्देशन

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश

“रुपन्देहीको पर्यटन उद्योगका अवसर र चुनौती” : पर्यटन नीतिमा आमुल परिर्वतनको खोजी

बुटवल । नेपालको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गरि सो

सांसदले अमार्यादित र आपत्तिजनक व्यवहार गरेको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदको आइतबारको बैठकमा सांसद