३ पुस २०८२, बिहिबार | December 18, 2025

एमाले वरिष्ठ नेता नेपालद्वारा अध्यक्ष ओलीलाई नै १३ बुँदे प्रतिप्रश्न (पत्रसहित)



काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अनुशासनको बिषय उठान गर्दै ३ दिन भित्र स्पष्टीकरण पेश गर्न भने पनि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भने स्पष्टिकरण दिन अस्वीकार गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्ट पार्न प्रतिप्रश्न तेर्साएका छन् ।

नेता नेपालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिन अस्वीकार गर्दै स्पष्ट पार्नुहुन भन्दै अध्यक्ष ओलीलाई प्रतिप्रश्न बुझाएका छन् । नेपालले एमाले मुख्यालय धुम्बाराहीमा बुझाएको ‘स्पष्ट पार्नुहुन’ लेखिएको पत्र बालुवाटार पुगेको छ ।

नेता नेपालले सर्वोच्चको फैसला विपरित फागुन २८ मा बैठक राखेर पार्टी विभाजनको दुराशय राखेको भन्दै अध्यक्ष ओलीलाई नै दोषरोपण गरेका छन् । नेपालले बुझाएको स्पष्टीकरणमा १३ बुँदामा अध्यक्ष ओलीमाथि विभिन्न आरोप लगाउँदै स्पष्ट पार्न माग गरिएको छ ।

विगतको तथ्यसंगत समीक्षा गर्दै कमी कमजोरी सच्च्याउँदै पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो ?’ नेपालले प्रश्न गरेका छन् ।

प्रतिप्रश्न गर्दै भनिएको छ, ‘त्यस्तै यही चैत्र २ गते नेकपा एमाले, केन्द्रीय कार्यालय, धुम्बाराहीमा तपाईं समेत तपाईं निकटका नेताहरुसंग भएको म समेत सहभागी छलफलमा पार्टी एकता र मेलमिलाप कायम गर्दै विगतका कमी कमजोरी हटाएर सशक्त नेकपा एमाले निर्माण गर्न सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै पार्टी तथा जनसंगठनहरुको संरचना पार्टी एकीकरण पूर्वको स्थितिमा रहेको स्वीकार गरौं र तपाईबाट फागुन २८ गते अवैधानिक रुपमा गरिएको निर्णय बदर गरौं भन्दा तपाईंले किन मान्नु भएन ?’

छुट्टाछुट्टै पत्र धुम्बाराहीमा बुझाईएपनि नेपाल र उपाध्यक्ष भिम रावलले बुझाएको पत्रमा भाषा र भाव एउटै प्रकृतिको राखिएको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/03/MadhavNepal-clarification.pdf”]

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ९ : ४० बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन