१७ असार २०८३, बुधबार | July 1, 2026

एमाले वरिष्ठ नेता नेपालद्वारा अध्यक्ष ओलीलाई नै १३ बुँदे प्रतिप्रश्न (पत्रसहित)



काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अनुशासनको बिषय उठान गर्दै ३ दिन भित्र स्पष्टीकरण पेश गर्न भने पनि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भने स्पष्टिकरण दिन अस्वीकार गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्ट पार्न प्रतिप्रश्न तेर्साएका छन् ।

नेता नेपालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिन अस्वीकार गर्दै स्पष्ट पार्नुहुन भन्दै अध्यक्ष ओलीलाई प्रतिप्रश्न बुझाएका छन् । नेपालले एमाले मुख्यालय धुम्बाराहीमा बुझाएको ‘स्पष्ट पार्नुहुन’ लेखिएको पत्र बालुवाटार पुगेको छ ।

नेता नेपालले सर्वोच्चको फैसला विपरित फागुन २८ मा बैठक राखेर पार्टी विभाजनको दुराशय राखेको भन्दै अध्यक्ष ओलीलाई नै दोषरोपण गरेका छन् । नेपालले बुझाएको स्पष्टीकरणमा १३ बुँदामा अध्यक्ष ओलीमाथि विभिन्न आरोप लगाउँदै स्पष्ट पार्न माग गरिएको छ ।

विगतको तथ्यसंगत समीक्षा गर्दै कमी कमजोरी सच्च्याउँदै पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो ?’ नेपालले प्रश्न गरेका छन् ।

प्रतिप्रश्न गर्दै भनिएको छ, ‘त्यस्तै यही चैत्र २ गते नेकपा एमाले, केन्द्रीय कार्यालय, धुम्बाराहीमा तपाईं समेत तपाईं निकटका नेताहरुसंग भएको म समेत सहभागी छलफलमा पार्टी एकता र मेलमिलाप कायम गर्दै विगतका कमी कमजोरी हटाएर सशक्त नेकपा एमाले निर्माण गर्न सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै पार्टी तथा जनसंगठनहरुको संरचना पार्टी एकीकरण पूर्वको स्थितिमा रहेको स्वीकार गरौं र तपाईबाट फागुन २८ गते अवैधानिक रुपमा गरिएको निर्णय बदर गरौं भन्दा तपाईंले किन मान्नु भएन ?’

छुट्टाछुट्टै पत्र धुम्बाराहीमा बुझाईएपनि नेपाल र उपाध्यक्ष भिम रावलले बुझाएको पत्रमा भाषा र भाव एउटै प्रकृतिको राखिएको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/03/MadhavNepal-clarification.pdf”]

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ९ : ४० बजे

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको आज शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुरधाम । मधेस प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार १५७ सवारीचालक सवारी

मेसीसँग बराबरी गर्दै एम्बाप्पे गोल्डेन बुटको दौडमा

काठमाडौं । कप्तान किलियन एम्बाप्पेको दुई गोल र माइकल ओलिसेको

बागलुङमा कुकुरलाई ‘होस्टेल’

बागलुङ । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित