६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

भारतबाट फर्केका २४ जनामा कोरोना



काठमाडौं । भारतका विभिन्न सहरबाट स्वदेश फर्किएका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले बिहीबार साँझसम्म ती व्यक्तिमा संक्रमण पुष्टि भएको बताए ।

‘एन्टिजेन परीक्षण गर्दा २४ जनामा कोरोना पोजिटिभ देखिएको छ’, निर्देशक डा. पौडेलले भने । उनीहरूमा देखिएको भाइरसको प्रकारबारे अध्ययन गरिने डा.पौडेलले बताए । ‘संक्रमितको नमुना संकलन गर्छौं । नमुनाको र्‍यान्डमलाई जिन सिक्वेन्सिङ पनि गर्छौं । भारतमा देखिएको डबल म्युटेन्ट (दोहोरो उत्परिवर्तन) भएको भाइरस हो-होइन परीक्षणबाट पत्ता लाग्छ’, उनले भने ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको नेतृत्वमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) सँग सहकार्य गरी जनशक्ति एवं प्राविधिक पक्ष मिलाइएको छ । आवश्यक परे विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को प्रयोगशालामा पनि पठाइने डा. पौडेलले बताए ।

कञ्चनपुरको गड्डाचौकी, गौरिफन्टा र बाँकेको जमुनाह नाकाबाट भित्रिएका नेपालीमा कोरोना संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । संक्रमितमध्ये अधिकांश गौरिफन्टा नाकाबाट प्रवेश गरेका नेपाली हुन । उनीहरू भारतका गुजरात, दिल्ली, चेन्नई, मुम्बईबाट फर्केका हुन् ।

संक्रमणको उच्च जोखिम भएका भारतीय क्षेत्रबाट रोजगारी गरेर फर्किएका व्यक्तिको सीमा नाकामा एन्टिजेन परीक्षण गरिएको डा. पौडेलले बताए । ‘सीमावर्ती जिल्लाहरूमा विशेष सतर्कता अपनाइएको छ । भारतबाट स्वदेश फर्कनेको अभिलेखीकरण र स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको छ’, उनले भने, ‘घर फर्केका व्यक्तिलाई ५ देखि १० वटा मास्क वितरण भइरहेको छ ।’ बिहीबार थप १ सय २० जना कोरोना संक्रमित थपिएका छन् ।

२ हजार ८ सय ९१ स्वाब परीक्षण गरिएको थियो । योसहित संक्रमितको संख्या २ लाख ७६ हजार ५ सय ९ पुगेको छ । पछिल्लो २४ घण्टामा ८५ जना संक्रमणमुक्त भएका छन् । उक्त समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ७ : १२ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस