१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

प्रतिगमन विरोधी दलहरुको सहकार्यमा सरकार बनाउनुको विकल्प छैन : अध्यक्ष यादव



बुटवल । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकार प्रतिगमनकारी भएको पुनः दाबी गरेका छन् ।

बुटवलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जसपा अध्यक्ष यादवले ओली सरकार प्रतिगमनकारी भएको आफ्नो पार्टीको आधिकारिक लाइन भएको प्रष्ट पारेका हुन् । अध्यक्ष यादवले विगतमा प्रतिगमन विरोधी दलहरूको सहकार्यमा सरकार बनाउनुको विकल्प नभएको स्पष्ट पारे ।

जसपामा ओली नेतृत्वको सरकालाई हेर्ने विषयमा अहिले अध्यक्ष यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षबीच विवाद रहेको छ । यादव नेतृत्वको पूर्व समाजवादी पार्टी पक्षले ओलीलाई कुनै पनि हालतमा साथ दिन नहुने बताउँदै आएको छ भने ठाकुर नेतृत्वको पूर्व राजपा पक्षले आफ्ना माग पुरा गरे ओलीलाई साथ दिन सकिने बताइरहेको छ ।

ठाकुर पक्षले ओली सरकारमा सामेल हुन ओली पक्षीय एमाले र सरकारसँग सघन वार्तामा बसिरहेको छ । तर, पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भने रेशम चौधरीको रिहाई भए पनि पार्टीले ओलीलाई समर्थन नगर्ने स्पष्ट पारे ।

यादवले संसदलाई विजनेश नदिएर असफल बनाउन प्रधानमन्त्री ओली क्रियाशिल भएको आरोप लगाए । यादवले भने, ओली जसरी पनि संसद सिध्याउने खेलमा लागेका छन् । अहिले पनि प्रतिगमनको खतरा कायम छ ।’ ओली नेतृत्वको सरकार नहटाएसम्म प्रतिगमनको खतरा भइरहने उनको भनाइ छ । उनले संविधानलाई मिचेर अध्यादेशबाट देश चलाउने प्रयास भैरहेको जिकिर गरे ।

ओली संघीयतालाई सिध्याउने र प्रदेशलाई अधिकारबिहीन बनाउन उद्दत रहेको यादवले आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्रीका ३ वर्ष संघीयता खारेजीमा केन्द्रित रह्यो । अनाहक मुलुकलाई अस्थिरतामा धकेलिएको छ ।

 

 

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ९ : ५६ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले