१६ बैशाख २०८३, बुधबार | April 29, 2026

नौ सय खाद्य वस्तुको नमूना परीक्षण, ७६ मुद्दा दर्ता



काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आठ महीनाको अवधिमा ८८१ वटा वस्तुुको नमूना परीक्षण गरेको छ ।

विभागले चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म बजार अनुगमन तथा निरीक्षण गर्दा विभिन्न स्थानबाट दुई हजार बढी वस्तुको नमूना सङ्कलन गरेको थियो ।

विभाग मातहतका ४३ कार्यालयबाट बजार निरीक्षण तथा अनुगमनबाट चालू आवको पहिलो चौमासिकमा एक हजार १८९ र दोस्रो आवमा एक हजार ९५ गरी आठ महीनाको अवधिमा दुई हजार २८४ वटा वस्तुको नमूना सङ्कलन गरिएको विभागका महानिर्देशक उपेन्द्र रायले जानकारी दिए । रायका अनुसार दोस्रो चौमासिकमा ८८१ वटा नमूनाको विश्लेषण गरिएको थियो ।ती वस्तुमा २७४ खाद्यान्न तथा दलहनजन्य, १२४ तेल तथा घ्यूजन्य, ९८ वटा दाना, ९१ फल तथा सागपातजन्य, ६९ वटा मसला, ३१ वटा कन्फेक्सनरिका, २९ प्रशोधित पिउने पानी र १९ वटा दूध तथा दुग्ध पदार्थको नमूना विश्लेषण गरिएको थियो ।

नमूना विश्लेषण गर्दा दोस्रो चौमासिकमा ५७ नमूना मापदण्डविपरीतका रहेका थिए । विभिागको तथ्याङ्कअनुसार पहिलो चौमासिकमा ७० नमूना मापदण्डविपरीत रहेका थिए । आठ महीनाको अवधिमा १२७ वटा नमूना मापदण्ड विपरीतका छन् । सोमध्ये दानाका ३१ नमूना, प्रशोधित पिउने पानीका १८ नमूना, खाद्यान्नका २० नमूना, तेल तथा घ्यूजन्य १९ नमूनालगायतका अन्य खाद्य पदार्थका नमूना रहेका थिए ।

 

७६ मुद्दा दर्ता

विभागले चालू आवको आठ महीनाको अवधिमा खाद्य ऐन तथा नियमानुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्रीवितरण गर्ने ७६ मुद्दा दर्ता गरेको छ । विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर पहिलो चौमासिकमा २६ र दोस्रो चौमासिकमा ५० थान मुद्दा दर्ता भएको महानिर्देशक रायले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै मुद्दा प्रशोधित पिउने पानीमा रहेको छन् । आठ महीनाको अवधिमा पानीका ११, तयारी चाउचाउ सात, मसला छ, घ्यू पाँच, तेल, बेकरी, दाना, बिस्कुटलगायत उद्योगमा चार वटा मुद्दा दर्ता भएको छन ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ११ : ३७ बजे

‘माननीय’ नलेख्न आफ्ना सांसदहरुलाई रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना सांसदहरूलाई लेटरहेड, भिजिटिङ

चौबीस घण्टामा दुई हजार ७२२ जना कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा दुई हजार

वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा

वीरगञ्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो

काठमाडौं । इन्धनको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा फेरि

चिकित्सकहरुको आन्दोलनका कारण भेरी अस्पतालको ओपीडी आज पनि खुलेन, सयौं विरामीहरु अलपत्र

नेपालगन्ज । चिकित्सकमाथि आक्रमण गर्ने तथा ज्यान मार्ने धम्की दिने