६ माघ २०८२, मंगलबार | January 20, 2026

लुम्बिनी प्रदेश राजधानी देउखुरी क्षेत्रमा रोक्का गरिएको जग्गा आंशिक फुकुवा, प्रदेशमा थपिए पर्व बिदा



बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने क्रममा रोक्का गरिएका दाङको देउखुरी क्षेत्रको जग्गा रोक्कालाई आंशिक रुपमा फुकुवा गरिएको छ ।

लामो समयसम्म जग्गा रोक्का राख्दन पारिवारिक अंशबन्दा, अदालती फैसला कार्यान्वयन, कारोबारका लागि धितो बन्धक जस्ता कामहरु पनि रोकिन गई स्थानीयले समस्या परेको गुनासो आएपछि प्रदेश सरकारले आँसिक फुकुवा गर्ने निर्णय गरेको हो ।

प्रदेश मन्त्रिपरिषदको आजको बैठकले प्रदेश राजधानी तोकीएको दाङको देउखुरी क्षेत्रमा बेचबिखन कार्यका लागि गरिने फुकुवालाई रोक्का कायम राख्दै पारिवारिक अंशबन्दा, बैंक कर्जा प्रयोजन र अदालती फैसला कायाँन्वयन प्रयोजनका लागि जग्गा रोक्का फुकुवा गरेको हो ।

बैठकपछि प्रदेश सरकारले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले बेचबिखनका लागि जग्गा फुकुवा नगरिएको बताए ।

आजको मन्त्रिपरिषदे यस अघि सरकारले तयार गरेको बिदाको क्यालेण्डरलाई संशोधन गरि केहि सार्वजानिक बिदाहरु समेत थपेको छ । यस अघि बिदाको क्यालेण्डरमा समावेश नगरिएको प्रदेश स्थापना दिवस, माघे संक्रान्तीको अर्को दिन (माघ-२), मुस्लिम धर्मालम्बिहरुको बक्राईद पर्वका दिन तथा कृष्ण जन्मास्तमीमा पनि प्रदेश भरी बिदा दिने निर्णय गरिएको छ ।

बैठकले स्थानीयस्तरमा महत्व राख्ने भुम्या पुजाका दिन रुकुम, रोल्पा, भगवती पुजाका दिन पाल्पा तथा अटवारी पर्वका दिन तराईका ६ जिल्लामा बिदादिने निर्णय गरेको छ । प्रदेश सरकारले मुस्लिम समूदायको रमजानका दिन समूदायस्तरमा बिदा दिने समेत निर्णय गरेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १२ : १८ बजे

रास्वापका बालेन्द्र शाहले दर्ता गरे झापा-५ बाट उम्मेदवारी

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

महावीर पुनले गराए म्याग्दीबाट उम्मेदवारी दर्ता

पोखरा । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दीबाट

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ

भरतपुर महानगर प्रमुख रेणु दाहालले दिइन पदबाट राजीनामा

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका