७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमालेका नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक जारी, आगामी रणनीतिबारे छलफल गर्दै



काठमाडौं । नेकपा एमालेका नेपाल खनाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक जारी छ ।

काठमाडौंको कलंकीस्थित एक पार्टी प्यालेसमा सुरु भएको बैठकमा पार्टीभित्रको अवस्था र अबको रणनीतिबारे विशेष छलफल हुने बताइएको छ ।

पार्टीको संस्थापन पक्षले वरिष्ठ नेता नेपालसहित चार जना नेताहरुलाई स्पष्टीकरण सोधेपछि अबको रणनीतिबारे विशेष छलफल हुने एक नेताले बताए । ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफमा नेता नेपाल र भीम रावलले प्रतिप्रश्न गर्दै पत्र पठाइसकेका छन् । घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले पनि आफुहरुले पठाउने पत्र तयार पार्दै गरेको जनाएका छन् ।

बैठकमा आजै संस्थापन पक्षले बोलाएको संसदीय दलको बैठकमा जाने या नजाने भन्ने विषयमा पनि टुंगो लाग्नेछ । दिउँसो ३ बजे प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी बन्नुपर्ने धेरै जसो नेताहरुको राय रहेको छ ।

एमालेभित्र फागुन २३ यता चर्किएको अन्तसंघर्ष फुटको स्तरसम्म पुगेको छ । अध्यक्ष ओलीले नेपाल खनाल पक्षधरहरुलाई विगतमा नेकपा हुँदा आफुलाई असहयोग गरेको प्रतिशोध साँध्न निरन्तर पेलिरहेका छन् ।ओलीले नेपाल खनालहरु एमालेबाट छिटोभन्दा छिटो बाहिरिउन भन्ने नै चाहेका छन् ।

तर, नेपाल खनाल पक्षले भने अझै पनि ओली विरुद्ध पार्टीभित्रै अन्तर्सघर्ष गर्ने मनस्थितिमै रहेको छ । यद्यपी, पार्टी र जनवर्गीय संगठनका तल्लो कमिटीसम्म समानान्तर संरचना बनाउने क्रम भने जारी छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १२ : ५७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११